पथरीको दुई वटा विद्यालयमा चाम्लिङ भाषा पठन पाठन गर्न किरात राई यायोक्खाको माग - Pahilo Online

पथरीको दुई वटा विद्यालयमा चाम्लिङ भाषा पठन पाठन गर्न किरात राई यायोक्खाको माग

writer

पथरीशनिश्चरे । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा पथरी शनिश्चरे नगरसमितीले विद्यायलमै पुगेर मोरङको पथरीशनिश्चरे नगरपालिका–१को दुई वटा विद्यालयमा चाम्लिङ भाषाको पठनपाठन गर्न माग गरेका छन् । पथरी बजारमा चाम्लिङ राई समुदायको बाहुल्यता रहेको छ । पथरीको पञ्चायत माबिको प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी, बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष आइतकुमारी तुम्बापो, पथरीकै सुनाखरी माबिको प्रधानाध्यापक केशब शर्मा, अध्यक्ष प्रदिपकुमार राई र नगरको शिक्षा बिभाग प्रनुख उपसचिव शालिग्राम काफ्लेलाई भेटेर मातृभाषा पठनपाठनको लागि प्रकृया अगाडि बढाउन अनुरोध गरेको हो ।

नेपाल सरकारकै लगानीमा पाठ्यक्रम बिकास केन्द्रले १० बर्ष अघिदेखि चाम्लिङ भाषाको पाठ्यक्रम निर्माण गरि पुस्तक प्रकाशन गर्दै आएको छ । चाम्लिङ भाषा खोटाङ र उदयपुरमा १९ वटा बिधालयमा कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ । पथरीको दुई वटा बिधालयमा मातृ भाषा पठनपाठनको लागि यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, मोरङ जिल्ला अध्यक्ष नरहाङ राई, नगर अध्यक्ष प्रेमकुमार राई, कोषाध्यक्ष रामबहादुर राई, पथरी गाबिस पूर्व अध्यक्ष तिलक वान्तावा राई, किरात राई विद्यार्थी संघकी नेतृ निता कुलुङ राई, प्रेम चाम्लिङ, घनश्याम राई लगायतका टोलिले मातृभाषा पठनपाठनको लागि बिद्यालय पुगेका हुन ।

संघीय गणतन्त्र स्थापनापछी बिद्यालय तहको पाठ्यक्रम स्थानीय सरकारले निर्माण गर्ने र कक्षा १ देखी ५ सम्म १०० पूर्णाङ्कको मातृ भाषामा पठनपाठन गर्नुपर्ने नीति रहेको छ । पथरी शनिश्चरे नगरको भागिरथ माबिमा कक्षा १ र चन्द्र किरातेस्वर माबिमा कक्षा ६ सम्म लिम्बू भाषाको पढाइहुँदै आएको छ । संघीयता कार्यन्वयन हुँदैजाँदा इलामको माङ्सेबुङ गाउँपालिकाको ५ नम्बर वडामा लिम्बू भाषामा सरकारी कामकाजको रुपमा प्रयोग हुँदै आएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले यस बर्षदेखि राई समुदायले प्रयोग गर्ने चाम्लिङ भाषालाई कामकाजको भाषाको रुपमा प्रयोग गर्ने भएका छन । हलेसी तुवाचुङको नगरसभाले पास गरेको आर्थिक बर्ष २०७७र०७८ को नीति तथा कार्यक्रममा नगरको वडा नं. १, २ मा वम्बुले(राई) भाषा र ३ मा तिलुङ(राई) भाषालाई मान्यता दिने निर्णय भएको उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes