भारतको बिहार र उत्तरप्रदेशमा चट्याङ लागेर १०७ जनाको मृत्यु - Pahilo Online

भारतको बिहार र उत्तरप्रदेशमा चट्याङ लागेर १०७ जनाको मृत्यु

writer

एजेन्सी । उत्तरी भारतको दुई राज्यमा चट्याङ परेर १०७ जनाको मृत्यु भएको छ । चट्याङ लागेर बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ । भारतको आपतकालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर १०७ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहारको २३ जिल्लामा चट्याङ परेको छ भने उत्तर प्रदेशको पूर्ण विवरण आइनसकेको जनाइएको छ । बिहारमा सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै बिहारमा मुख्यमन्त्री नीतिशकुमारले मृतकका परिवारलाई चार÷चार लाख रुपियाँको राहत घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles