संखुवासभामा गर्भवती र सुत्केरीलाई नगरको राहत, भोटखोला गाउँपालिकालाई चीन सरकारले खाद्यान्न सहयोग - Pahilo Online

संखुवासभामा गर्भवती र सुत्केरीलाई नगरको राहत, भोटखोला गाउँपालिकालाई चीन सरकारले खाद्यान्न सहयोग

writer

संखुवासभा । चैनपुर नगरपालिकाभित्रका सुत्केरी तथा गर्भवतीलाई राहत उपलब्ध गराइएको छ। चैनपुर नगरपालिकासँगको समन्वयमा समाज स्पर्श समिति चैनपुर र एक्सन एड नेपालको साझेदारीमा नगरका ११ वटै वडामा निम्न आय भएका सुत्केरी तथा गर्भवतीलाई राहत वितरण भइरहेको समाज स्पर्श समितका अध्यक्ष लवकुमार श्रेष्ठले बताए। पोषणयुक्त खानेकुरासहितको राहत उपलब्ध गराएको हो।

राहतमा चामल, दाल, गेडागुडी, तेल, नुन र ज्वानोलगायताका राहत सहयोग गरेको समाज समितका अध्यक्ष श्रेष्ठले जानकारी दिए। यसैगरी कोभिड–१९ को सम्भावित संक्रमणबाट बच्न सुरक्षा सामग्रीहरु साबुन, मास्क र सुत्केरीका लागि सेनेटरी प्याड समेत वितरण गरिएको छ। यसरी वितरण गरिएको राहत प्रतिगर्भवतीलाई दुई हजार ७५० र सुत्केरीलाई १३० वरावरको सेनेटरी प्याड थप गरी २ हजार ८८० रुपैयाँ बराबरको राहत वितरण गरिएको बताइएको छ। लकडाउनको समयमा सामाजिक दूरी कायम गर्दै नगरको ११ वटै वडामा रहेका १५३ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरिएको हो।

त्यसैगरी उत्तरी क्षेत्र भोटखोला गाउँपालिकालाई चीन सरकारले खाद्यान्न सहयोग गरेको छ। चीनको चिसिङ सेनले भोटखोला गाउँपालिका १ र २ नम्बर बडालाई खाद्यान्न उपलब्ध गरेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्वू भोटेले जानकारी दिए।

चीन सरकारले गत माघ ५ गतेबाट किमाथांका नाका सिल गरेको थियो। चिसिङ सेन जिल्लाले एक सय १६ परिवारलाई प्रतिघर ३ बोरा चामल, ५ लिटर तेल, २० किलोग्राम चिनी सहयोग गरेको छ। त्यस्तै ४ किलोग्राम नुन, ५ किलोग्राम चिया, ५ किलोग्राम दूध पाउडर र १० किलोग्राम मैदासमेत उपलब्ध गराएको भोटेले बताए। त्यस्तै वडा नम्बर २ को रिदाक र छुम्सुर दुई गाउँका स्थानीयलाई समेत खाद्यान्न उपलब्ध गराएको छ। गाउँपालिकाको किमाथांका, रिदाक र छुम्सुरलगायत गाउँका बासिन्दा चीनको देन्दाङ र चाँगा बजारसँग निर्भर छन्। भोटखोलाको किमाथांका सदरमुकाम खाँदबारीबाट ५ दिनको पदैल दूरीमा पर्छ।

चीनमा कोरोना संक्रमण बढेपछि चीनले किमाथांका नाका सिल गर्दा भोटखोलाका नागरिकलाई दैनिक उपभोग्य बस्तु खरिदमा समस्या भएको थियो। गाउँपालिकाले नाका खोल्न अनुरोधसमेत गरेको थियो। किमाथांकामा यसअघि पनि खाद्यान्न संकट भएपछि गाउँपालिकाले हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरेर वितरण गरेको थियो।

उच्च हिमाली क्षेत्र भोटखोलामा मकै, कोदो, आलु र फापर मात्र उत्पादन हुन्छ। उत्पादन भएको खाद्यान्नले चार महिना मात्र खाने पुग्ने स्थानीय बताउँछन्। गाउँपालिकाको अनुरोधमा चीनको स्थानीय सरकारले स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको छ। गाउँपलिकालाई ६ थान थर्मगन, १५ सेट पिपिई, तीन हजार थान सर्जिकल मास्क, एक हजार थान ग्लोब्सलगायत दिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes