लकडाउनले काठमाडौमा फसेका मोरङका १ हजार बढी गृह जिल्ला भित्रिए - Pahilo Online

लकडाउनले काठमाडौमा फसेका मोरङका १ हजार बढी गृह जिल्ला भित्रिए

writer

पथरीशनिश्चरे । कोरोना संक्रमण फैलने त्रासका कारण एक महिना लामो बन्दाबन्दीले काठमाडौमा फसेका मोरङका एक हजार भन्दा वढी सर्वसाधरण यति वेला गृह जिल्ला भित्रिएका छन् ।

मोरङका स्थानिय तहहरुको समन्वयमा काठमान्डौमा ज्याला मजदुरी गर्ने व्याक्ति, विद्यार्थी, कोठा भाडामा वसी व्यावसाय गर्दै आएका सर्वसाधणहरुको दैनिकी लकडाउनले दिन प्रतिदिन कष्टकर वन्दै गएपछि स्थानिय सरकार उनिहरुको उद्धारमा जुटेको हो ।

मोरङका १७ स्थानिय तहहरुमध्येमा अहिले सम्म पथरी शनिश्चरे नगरपालिकामा ३२२ जना, वेलवारीमा ३१५, लेटाङमा १११, रंगेलीमा ९४, सुनवर्षीमा ७७, सुन्दरहरैचामा ४७ र कानेपोखरी गाउपालिकामा १२०, गरि एक हजार भन्दा वढी सर्वसाधरण गृह जिल्ला भित्रि सकेका छन् । भने छिटफुटरुपमा भित्रिनेको तथ्याङक कुनै पनि निकाय सग छैन ।

यी स्थानिय तहहरुमध्ये वेलवारी, सुन्दरहरैचा, सुनवर्षी र रंगेली नगरापलिकाले गृह नगर फर्किन चाहेका आफ्ना नागरिकको समपूर्ण खर्च पालिकाले व्यावस्थापन गरेको छ । अन्य पालिकाले समन्वयकारी भुमिका मात्र निर्वाह गरेका छन् । त्यसमा पनि पथरीशनिश्चरेमा आर्थीक व्यावस्थापनलाई लिएर अनौपचारिक विवाद उत्पन्न भएको देखिन्छ ।

पथरी शनिश्चरेले केही व्याक्ति काठमान्डौ पथरी मैत्रि समाजको समन्वयमा ल्याएको छ भने केही व्यक्ति स्थानिय जनप्रतिनिधि सहित केही युवाहरुको समन्वयमा आएका कारण आर्थिक व्यावस्थापनमा नगरपालिकामा समस्या देखिएको कुरा वाहिर आएको छ ।

अधिकाश आउने व्याक्तिहरुले प्रतिव्याक्ति १ हजार ५ सय रुपैया भाडा तिरेको पाइएको छ । यस्तै विराटनगर महानगरपालिका सहित अन्य स्थानियतहहरुले पनि आफ्ना नागरिकलाई ल्याउने तयारी गरिरहेका छन् । तसर्थ जिल्ला फर्कनेको संख्या अझै वढ्दै जाने पक्कापक्की छ ।

कोरोना संत्रमणको पछिल्लो अवस्थालाई हेर्ने हो भने प्रदेश नम्वर १ उच्च जोखिममा रहेको छ । मोरङ जिल्लामा पनि २ जना कोरोना संक्रमित फेला परिसकेका छन् । जसको कारण कोरोना संक्रमणको त्रास स्थानियहरुमा झनै वढ्दै गईरहेको छ ।

यसैविच स्थानिय सरकारले काठमण्डौमा वन्दाबन्दीले फसेका नागरिकलाई उद्धार गरि ल्याउदा, सरकारले आफ्नो कर्तव्य त पुरा गरिरहेको देखिन्छ । तर यसले संक्रमण भने झनै फैलन सक्ने खतरा रहेको केही स्थानियहरु बताउछन् ।

सरकारले वन्दावन्दीमा परेका आफ्ना नागरिकलाई संक्रमणको यो समयमा गृह जिल्ला अथवा गृह पालिकामा ल्याउनु भन्दा पनि उनिहरुको तथ्याङक संकलन गरि सोही स्थानमा राहत व्यावस्थापन गर्न सके उचित हुने र संक्रमण फैलन सक्ने सम्भावना कम हुने तर्क स्थानियहरुको रहेको छ ।

लकडाउनमा फसेका सर्वसाधरणलाई स्थानिय सरकार र जनप्रतिनिधिहरुको समन्वयनकारी भुमिकाले जिल्ला फर्किने वातावरण सिर्जना भएता पनि गाउघरमा आएपछि उनिहरु होमक्वारेन्टाइनमा नवस्ने गरेको जनगुनासो आउन थालिसकेको छ ।

गाँउमा फर्किएका सर्वसाधरणहरुको निगरानी गर्ने स्थानिय सरकार सग कुनै औपचारिक संयन्त्र पनि छैन । काठमान्डौ बाट आएका सर्वसाधरण सामान्य ज्वरो जाँच पश्चात सिदै घर प्रवेश गर्ने गरेका छन् । कोरोना संक्रमण न्युनिकरणका लाई वाहिर बाट आएका सर्वसाधरणहरुले सामान्यतया १४ दिन सम्म होमक्वारेन्टाइनमा वस्नु पर्ने नियम भएता पनि व्यावहारमा भने त्यो पालना भएको देखिदैन । जसले जोखिम बढ्न सक्ने खतरा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes