विराटनगरमा कोरोनाको जोखिमबीच गुद्री बजार सञ्चालन - Pahilo Online

विराटनगरमा कोरोनाको जोखिमबीच गुद्री बजार सञ्चालन

writer

विराटनगर । विराटनगर–११ जनपथ टोलमा कोरोना भाइरसको जोखिम कम गर्न सामाजिक दूरी कायम गर्दै तरकारीको थोक तथा खुद्रा गुद्री बजार सञ्चालन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बजार व्यवस्थापनलाई कोभिड–१९ को जोखिम उच्च देखिएको भन्दै तीन दिन अगाडि बन्द गर्न निर्देशन दिएको थियो । मोरङ लगायत सुनसरी जिल्लाका नागरिकलाई आलु र प्याजलगायत हरियो तरकारी सहज आपूर्ति गर्दै आएको चैतको तेस्रो हप्तादेखि सञ्चालनमा आएको गुद्री बजारमा थोक तथा खुद्रा उपभोक्ताको अत्यधिक भीडका कारण कोभिड–१९ सङ्क्रमण फैलिने सम्भावना रहेको छ ।

गुद्री बजारमा बिहान ३ बजेदेखि नै विभिन्न क्षेत्रका तरकारीका व्यापारीको चहलपहल, भीड, टेम्पो, आटोरिक्सा, मोटरसाइकलको आवतजावतले सो क्षेत्रका बासिन्दा कोभिड–१९ को सङ्क्रमण फैलिने आशङ्काले त्रसित देखिन्छन् । सूचनाको हकका वकालतकर्ता निर्मल तामाङले विभिन्न क्षेत्रबाट आउने व्यापारी तथा उपभोक्ताको अत्यधिक भीडले लकडाउनको ठाडै उल्लङ्घन भएको छ भन्दै स्थानीय प्रशासनले कोभिड–१९ को जोखिम रहुञ्जेल बजार बन्द गर्नुपर्ने बताए । गुद्री व्यवस्थापनका सचिव साहव अहमद गुड्डुले स्थानीय प्रशासनको आदेश पालना गर्दै स्वयंसेवकका साथ साबुनपानी हात धुने व्यवस्था, जनचेतना जागृत गराउन माइकिङ गरी बजार सञ्चालनमा ल्याउने कार्य भइरहेको छ उनले भने ।

उनले सुनसरीको देवानगञ्ज, हरिनगरालगायतका तरकारी व्यापारीका कारण समस्या उत्पन्न भएकाले उनीहरूलाई निषेध गरिएको र सामाजिक दूरी कायम गर्दै व्यवस्थितरूपमा स्थानीय बासिन्दाको सुझावमा एवं सहकार्यमा बिक्रीवितरण गर्ने जानकारी दिए ।स्थानीयवासीले भने गुद्रीको कारण यस क्षेत्रमा कोभिड–१९ को जोखिम उच्च भएको भन्दै बाटोमा ढाँट लगाई एउटा क्षेत्रमा आवतजावत बन्द गराएका छन् ।

विरानगर–११ वडा सदस्य विमल पोखरेलले कोरोना भाइरसको जोखिम न्यूनीकरण गरी खुद्रा बिक्री वितरण बन्द गर्न बजार व्यवस्थापन लाग्नुपर्ने धारणा व्यक्त गरे । समाजसेवी राजेशसिंह डङ्गोलले गुद्री बजारमा आलु र प्याजको मात्र थोक बिक्री गर्नुपर्ने बताए । गुद्री बजारमा विरानगरका नगर क्षेत्रलगायत कटहरी, सिसवनी जहदा, सुनसरीको देवानगञ्ज, हरिनगरा, कप्तानगञ्ज, धरान, धनकुटा, हिले तथा भारतको सीमावर्ती क्षेत्रलगायतबाट आलु, प्याज, फलफूललगायतका हरियो तरकारी आउने गर्दछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes