पथरी शनिश्चरे नगरको १० लाख रकम जस्ताको तस्तै फिर्ता गर्न माग - Pahilo Online

पथरी शनिश्चरे नगरको १० लाख रकम जस्ताको तस्तै फिर्ता गर्न माग

लकडाउनमा भ्रष्टाचार गर्नकै चटारो

writer

पहिलो अनलाइन

मोरङ । कोरोनाभाइरस नियन्त्रणको नाममा मोरङको पथरी शनिश्चरे नगरपालिकाले १० लाखको चेक ब्यक्तिको नाममा काटिएको खुलेको छ । नगरपालिकाबाट जारी भएको चेकबाट १० लाख रुपैया निस्की सकेको छ । उक्त चेक पथरी नगर अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी मुरारी आचार्यको नाममा काटिएको तथ्य खुलेको हो ।

नगरको उपप्रमुख यमुना बिष्ट बास्तोला लगायत कार्यपालिकाको अधिकांश सदस्यलाई जानकारीसम्म नदिइ रकम निकासा भएको समाचार सार्वजनिक भएपछि सो मनोमानी कार्यको विरोध सुरु भएको छ । उक्त रकम स्वास्थ्य संस्थाको कर्मचारी आचार्यले निबेदन मार्फत माग गरेको त्यसमा नगर प्रमुख दिलिपकुमार राई र प्रशासकीय अधिकृत अम्बिकाप्रशाद धमलाको तोक आदेशमा चेक काटिएको नगरको लेखा प्रमुख शान्तबहादुर थापाले बताए ।

निबेदनमा कोरोनाभाइरस नियन्त्रणको लागि सामाग्री खरिद भन्ने शीर्षक रहेको लेखा प्रमुख थापाले जानकारी दिए । कार्यपालिकामा सामान्य छलफलसम्म नगरि नगरप्रमुख, प्रशासकीय अधिकृत र स्वास्थ्यको कर्मचारीको मिलेमतोमा उक्त रकम निकालिएको बुझिन्छ । लेखा प्रमुखको घर पथरीमै भएको प्रशासकीय प्रमुखलाई नगरपालिकाले क्वाटर सुबिधा दिएकोले अगाडी नै चेक काटेर १० लाख कर्मचारीले बोकिहिड्नु पर्ने अवस्था देखिन्दैन । बिन निर्णय १० लाख निकालिएको बारेमा हिजो (शुक्रबार) भएको कार्यपालिका बैठकमा वडा अध्यक्षहरुले प्रस्न उठाएका छन । रकम निकाशा गरेपछी नगर अस्पतालको पनि तल्लो तहको कर्मचारीको पछि लागेर सामान खरिद गर्न नगर प्रमुख आफै हिड्नु स्वभाविक थिएन ।

नगर अस्पतालमा प्रविधिक हिसाबले मुरारी आचार्य भन्दा माथिल्लो दर्जाको दुई जना मेडिकल डाक्टरहरु छन । प्रविधिक सल्लाह नै लिनु पर्दा अहेव आचार्य भन्दा डाक्टरहरुको गुनस्तरीय हुनसक्छ । नगरमा कोरोनाको नाममा जे जति सामान खरिद भयो सरकारी नियम (सार्वजनिक खरिद ऐन)को उलंघन भएको छ । नगरको बजेटबाट स्वास्थ्य कर्मचारीले चाहेको व्यापारी, कम्पनीबाट मनोमनी ढंगले १० वटा बेड ल्याइएको छ । बरु पारिवारिक सपिङ गर्दा कुन गुणस्तरको, कुन पसलबट सामान खरिद गर्ने सल्लाह होला तर सार्वजनिक चासो हुने नगरपालिकाको बजेट कार्यपालिका सदस्यहरुलाई सुइको नदिइ खरिद भएको छ ।

यो बिषयमा समाचार आउन थालेपछि कोरोनाको नाममा संभावित भ्रष्टाचारहुन खोजेको १० लाख रकम जस्ताको तस्तै नगरको खातामा पुन जम्मा गर्नुपर्ने जन स्तरबाट माग हुन थालेको छ । ब्यक्तिगत चाहानाको आधारमा भएको खरिद रद्द रगेर कोटेसनको मागपछि नियमसंगत गर्नुपर्ने आवाज उठन थालेको छ । खरिद भएको सामानको जाँचबुझ गरेर बजारमा चलेको मूल्य अनुसार नगरले चेक प्रदान नगरे खरिद मूल्य माथी नै शंका उत्पन्न हुनेभएको छ । कोरोनाकै नाममा खरिद भएको १५ थान स्थानीय पीपीई (गुणस्तर हिन रेनकोट)को ३५ सयसम्म पर्छ भनिए पनि त्यो रेनकोट बजार मूल्य भनिए भन्दा निक्कै कम रहेको ब्यापारिहरु पताउछन । उक्त रेनकोट किन्न आवस्यक थियो, थिएन भन्ने पनि प्रस्न उठ्न थालेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes