ओखलढुङ्गामा तोरी खेती छाडेसँगै मौरीलाई चिनीको आहारा - Pahilo Online

ओखलढुङ्गामा तोरी खेती छाडेसँगै मौरीलाई चिनीको आहारा

writer

ओखलढुंगा । पछिल्लो समय जिल्लाका ग्रामीण भूभागमा तोरी खेती लगाउन छाडेसँगै मौरीको चरन क्षेत्र अभाव हुन थालेको छ । परम्परागत मौरी पालेका जिल्ला भरका किसान मौरीका लागि रस जुटाउन नसकेर चिनीको आहारा बनाउन थालेका छन्। फागुन–चैत महिनामा गाउँका फाँटभरी तोरीका फूलले पहेँलै हुनुपर्ने भए पनि केही वर्षयता तोरी खेती गर्ने क्रम घट्दो छ ।

तोरी लगाएर तेल निकाल्ने समयसम्मको झन्झट, उत्पादन घट्दो क्रममा हुनु र गाउँमा कृषि पेसा गर्ने जनशक्तिको कमी लगायतका कारणले परम्परागत खेती तथा तोरी खेती गर्ने किसान घटेका लिखु गाउँपालिका ६ का हरि भट्टराईको भनाइ छ। बेंसीका फाँटहरूमा हरेक हिउँदमा तोरी पहेंलै फूल्ने समयमा अहिले खेत बाँझै छन्।

मौरीको चरन अभाव हुन थालेपछि चारो राखीदिन थालेको परम्परागत रूपमा मौरी पाल्दै आएका लिखु गाउँपालका ६ का किसान सरोज खत्रीले बताए। त्यस्तै, खिजीदेम्बा गाउँपालिका २ रंगनीका मौरीपालक किसान लालबहादुर खड्काले पनि पछिल्लो पाँच, छ वर्षयता हिउँदका पाँच महिना मौरीलाई चरनको अभाव हुने गरेको सुनाए। एकातिर चरन अभाव र अर्का्तिर विभिन्न विषादीको प्रयोगले मौरी मर्ने र घारै रित्तिने समस्या बढ्दै गएको उनको दुखेसो छ। रंगनीमा मात्रै २५ परिवारले मौरीपालन गरेका छन्। मौरीलाई चिनीको चारो बनाएर पाल्दा लगानी बढ्ने र मह पनि राम्रो नहुने मौरीपालक किसानहरूको भनाइ छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes