पथरीशनिश्चरे ४ मा विविध कार्यक्रम गरी नारी दिवस - Pahilo Online

पथरीशनिश्चरे ४ मा विविध कार्यक्रम गरी नारी दिवस

writer

पहिलो अनलाइन

शनिश्चरे । ११०औं विश्व नारी दिवस पथरीशनिश्चरे ४ का महिलाहरुले विविध कार्यक्रम गरी मनाएका छन् । आइतबार उनीहरुले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान र खेलकुद प्रतियोगिता गरी मनाएका हुन् ।
वडा नं. ४ अन्तरगत महिला सीप विकास नारी दिवस तथा ढाका तान उद्यमी समितिको आयोजनामा आइतबार सम्झना चोकमा शुभकामना आदान प्रदान तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको हो ।

लक्ष्मि भट्टराईले सञ्चालन गरेको कार्यक्रमको पवित्रा गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले महिलालाई सशक्त रूपमा अघि बढ्न आह्वान गरे । महिला अघि नबढेसम्म देश विकास हुन नसक्ने भन्दै उनले घरबाहिरको भूमिकामा सक्रिय हुन आग्रह गरे । वडाध्यक्ष भण्डारीले संघीय संरचनामा केन्द्रदेखि स्थानीय तहसम्मका संरचनामा प्रमुख वा उप–प्रमुखमध्ये एक महिला हुनैपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच पु¥याएको चर्चा गरे । ‘महिलाका लागि संविधानले नै समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक लगायतका मौलिकहरूको प्रत्याभूति गरेको छ’– उनले भने ।

शुभकामना दिने क्रममा ४ नं. वडा जेष्ठ नागरिक समन्वय समिति संयोजक भोला रिजालले मार्च ८ का दिन मनाइने नारी दिवस राजनीतिक अधिकार प्राप्तिको आन्दोलनबाट सुरू भएको बताए । नेपालमा पछिल्लो समय संविधानले नै गरेको व्यवस्थाका कारण महिला अधिकारको विषय सशक्त रूपमा स्थापित भएको उनको भनाई छ ।

यसैगरी, संयुक्त वडास्तरीय महिला सञ्जालकी कोषाध्यक्ष फुलमाया तामाङले नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन रहेको बताइन् । उनले नेपाली महिलाहरु घरधन्दा, फेसबुक र सिरियलमा मात्र भुलेर मात्र बस्नु नहुने भन्दै अब देशको नेतृत्वमा आउनु पर्नेमा जोड दिइन् ।

शुभकामना आदान प्रदानपछि भएको म्युजिक चेयरमा योगमाया ढुंगाना प्रथम, कौशिला बस्नेत दोस्रो र अम्बिका मगर तेस्रो भएका थिए । त्यस्तै हण्डिफोर तर्फ पनि योगमाया ढुंगाना प्रथम भएकी थिइन् । विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, वडा सदस्यहरु अम्बरबहादुर बराईली, खड्ग सुस्लिङ मगरले पुरस्कार प्रदान गरेका थिए ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी दिवसका अवसरमा यसअघि सरकारी तवरबाटै कार्यक्रम हुने गरेका थिए । तर, कोरोना भाइरसको त्रासका कारण विभिन्न संघ संस्थाहरुले आयोजना गरेका कार्यक्रमहरु स्थगित भएका छन् ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित ग¥यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes