प्रदेश १ लाई स्विजरल्याण्ड सरकारको १ अर्ब बैदेशीक सहायता, लगानी भित्र्याउने सम्झौता विराटनगरमै हस्ताक्षर - Pahilo Online

प्रदेश १ लाई स्विजरल्याण्ड सरकारको १ अर्ब बैदेशीक सहायता, लगानी भित्र्याउने सम्झौता विराटनगरमै हस्ताक्षर

writer

विराटनगर । बैदेशिक सहायताहरु कामठमाडौँमा मात्र हस्ताक्षर हुने क्रमलाई तोड्दै संघीयता कार्यान्वयनमा गएसँगै पहिलो पटक प्रदेश १ ले बैदेशिक सहायतामा हस्ताक्षर गरेको छ । पहिलो पटक प्रदेश १ को राजधानी बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र स्विजरल्याण्ड सरकार बिच द्विपक्षीय सम्झौता भएको हो ।

वैदेशिक सहायता सम्झौता सम्बन्धि कार्यक्रममा सहभागी हुन आएका संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बैदेशिक सहायता राम्रो कामको लागि प्रयोग हुने बताए । पहिलो बैदेशिक सहायता प्राप्त गर्ने प्रदेश १ सरकार रहेको जानकारी दिँदै उनले संघीय राजधानी बाहिर वैदेशिक सहायता सम्बन्धि यही नै पहिलो सम्झौता भएको समेत जानकारी दिए ।

ऋण र अनुदानमा आउने सहयोगहरुमा केही न केही साझेदार गर्ने संस्थाको उदेश्य रहने गरेको उल्लेख गर्दै मन्त्री खतिवडाले मानव अधिकार, सुशासन, वातावरणीय पक्ष, स्थानीय तथा कतिपय अबस्थामा समग्र जीवनस्तर सुधारको कुरामा उनीहरु उदेश्य बोकेर आउने गरेकोले त्यसैलाई हेरेर साझेदारी गर्ने गरिएको उनको भनाई छ ।

यो कुरा संयुक्त राज्य अमेरिकाले एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) ले न्यु च्यालेन्ज एकाउन्ट मार्फत दिने सहयोगमा लागु हुने कुरा पनि त्यही नै भएको उनको दाबी छ । यो परियोजनाले पनि सरकारले तोकेको क्षेत्र, भनेका बिषयमा, निश्चीत समय र निश्चीत प्राथमिकतामा सरकारले लगाएका कुरामा नै काम गर्ने मन्त्री खतिडाले स्पष्ट पारे । निश्चीत सयममा कार्यान्वयनको लागि आएका योजना कार्यान्वयनमा ध्यान दिनु नै सरकारको दायित्व हुने उल्लेख गरे ।

यसरी द्विपक्षीय वा वहुपक्षिय सम्झौताका आधारमा लिईने अुनदान बिभिन्न समयमा विवादमा पर्ने गरेकोले विवाद गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाई छ । ‘हामीले श्रोत लिएर राष्ट्रिय विकास गर्ने र नागरिकको छिटो उत्थान गर्ने भन्ने नै हो, मन्त्री खतिवडाले भने, राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थलाई कायम राख्दै कम्परमाईज हुन नदिई सहायता परिचालन गर्ने हो ।’ सहायता भनेको पैसा मात्र नभएकोले प्रबिधि, सिप र ज्ञान आउने समेत स्पष्ट पार्दै नगद सहित अन्य धेरै सहायता आउने उल्लेख गरे ।

अनुदान लिने कुरा कसैले दयाले नदिएर विश्वका कतिपय नितीका कारण नेपालले ब्यहोरेको क्षती आर्थिक, सामाजिक र वातावरणीय रुपमा परेको असरको क्षतीपुर्ति मात्र भएको मन्त्री खतिवडाले बताए । अहिले अल्पविकसित मुलुकको अबस्थामा रहँदासम्म मात्र बैदेशिक सहायता र सहयोग माग्ने तर विकसित भएपछि यो स्वत हटेर जाने मन्त्री खतिवडाको भनाई छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes