ओखलढुङ्गामा प्राधिकरण स्थापनाको चौथो वर्ष बित्दा ८ हजार घर पुनर्निर्माण - Pahilo Online

ओखलढुङ्गामा प्राधिकरण स्थापनाको चौथो वर्ष बित्दा ८ हजार घर पुनर्निर्माण

writer

ओखलढुंगा । ओखलढुङ्गामा पुननिर्माण प्राधिकरण स्थापनाको चौथो वर्ष बित्दा जिल्लामा निजी आवास निर्माणमा करिब ६ अर्ब रुपैयाँ खर्च भएको छ । नेपाल सरकारतर्फ कुल ५ अर्ब ८२ करोड ३७ लाख ५० हजार र रेडक्रस सोसाइटी मार्फत १४ करोड ८७ लाख खर्च भएको हो ।

लाभग्राही सूचीमा २१ हजार ३ सय ७७ जना परेकामा १८ हजार ५ सय ५८ घर सम्पन्न भइसकेका छन् । स्थानीय तहगत रुपमा सबैभन्दा बढी लिखु गाउँपालिकामा ९२.६ प्रतिशत निजी आवास पुर्न्निर्माण भएका छन् । क्रमशस् खिजिदेम्बामा ९१.८, सुनकोशीमा ९०.३, मोलुङमा ८७.७ प्रतिशत प्रगति देखिएको छ । त्यसै गरी चिसंखुगढीमा ८३.८, मानेभन्ज्याङमा ७४.७ र सिद्धिचरण नगरपालिकामा सबैभन्दा कम ७३.९ प्रतिशत पुननिर्माण भएको छ ।

‘चार वर्षको अवधिमा निजी आवास पुनर्निर्माण सन्तोषजनक हो,’ जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख युवराज खरेलले भने, ‘विभिन्न समस्या भए पनि यतिको प्रगति भयो ।’ बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती निर्माणमा भने ढिलाइ भएको छ । हालसम्म मोलुङ गाउँपालिका ३, फुयांलगाउँमा १२ घर एकीकृत वस्ती निर्माण हुनुपर्नेमा भर्खर ३ घर मात्र बनेका छन् ।

चम्पादेवी ९ का २३ र चिशंखुढी–७ का १४ घरधुरीको एकीकृत बस्ती निर्माणले गति लिएको छैन । लाभग्राहीमा परेका १६ जना भूमिहीनमध्ये जग्गा खरिदका लागि १० जनालाई दुई लाखका दरले अनुदान दिईसकिएको छ । घर प्रबलीकण (रेट्रोफिटिङ) तर्फ लाभग्राहीको आकर्षण देखिएको छैन । प्रबलीकणको सूचीमा परेका ४ हजार ६५ मध्ये २ हजार ८ सय ४४ ले मात्र पहिलो किस्ता रकम लिएका छन् । तीमध्ये दुई घरको मात्र नमुनाको रुपमा बिल्ड चेन्ज नामक संस्थाको सहयोगमा प्रबलीकरण सम्पन्न भएको छ ।

निजी आवासपछि अब प्रबलीकरणलाई महत्त्व दिएर काम सुरु गरिने जिल्ला कार्यान्वयन इकाई भवन शाखाले जनाएको छ । इन्जिनियर विवेक बस्नेतका अनुसार त्यसका लागि जिल्ला र स्थानीय स्तरमा विशेष टोली गठन भइसकेको छ । उक्त प्राविधिक टोलीले यसै सातादेखि काम थाल्ने जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes