‘वैज्ञानिक वन व्यवस्थापन अति उपयोगी रहेछ’ः के. वि. गुरुङ - Pahilo Online

‘वैज्ञानिक वन व्यवस्थापन अति उपयोगी रहेछ’ः के. वि. गुरुङ

writer

पहिलो अनलाइन

कुलबहादुर गुरुङ (अध्यक्ष) शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरीशनिश्चरे–१ मोरङ

 

दिनचर्या कसरी विताई रहनुभएको छ ?
विशेष गरेर भन्नुपर्दा चाहीं वनमा आबद्ध भएर विकासका कामहरु गरिरहेको छु । त्यसमा हामीले सिमसार योजना करिव चार वर्ष अघिबाट सुरु गरिरहेका छौं । सिसार योजनाभित्र फुलबारी, गार्डेन बनाउने योजना चाहीं दुई दिनबाट सुरु गरिरहेका छौं । मेरो दिनचर्या चाहीं त्यहीं गएर हेर्ने, त्यसलाई डिजाइन गर्ने र निर्देशन दिने काम गरेर दिन विताई रहेको छु ।

अहिले शान्ति सामुदायिक वनको अवस्था कस्तो रहेको छ ?
जब हामी निर्वाचित भएर यस समूहमा आयौं, त्यतिखेरदेखि हाम्रो वनको हैसियत चाहीं एकदम राम्रो भएर आएको छ भन्ने मलाई लागिरहेको छ । वास्तवमा भन्नुपर्दा हामीभन्दा अगाडिको समूहले चाहीं हस्तान्तरण नभइरहेको अवस्था र कुनै संस्थाबाट सर सहयोग नरहेको अवस्था थियो । हरेक कुराको उथलपुथल आइरहेको अवस्था थियो । त्यतिखेर वनको खासै संरक्षण भइरहेको थिएन । जब हामी निर्वाचित भएर राज्यपक्षबाट हामीलाई हस्तान्तरण गरियो, त्यहाँबाट हामीले पूर्ण अधिकार पाइसकेपछि हामीले त्यहाँको स्याहार सुसार संरक्षण गर्ने काम हामीले राम्ररी गरिरहेका छौं ।

शान्ति सामुदायिक वनमा अहिले कति उपभोक्ता हुनुहुन्छ ?
अहिले खासमा भन्नुपर्दा चाहीं १२ सय उपभोक्ता हुनुहुन्छ ।

अहिले वनले कतिको उत्पादन दिइरहेको छ ?
खासै उत्पादन भन्नाले हाम्रो समूहमा सधैंभरी रुख कटान गर्न पाउँदैनौं । हामीलाई वार्षिक कटान आदेश हुन्छ । वार्षिक कटानमा हाम्रो जुन वनको क्षेत्रफल हेरेर रुख कटान गर्ने जिल्ला वनले तयार गरेको छ । हामीसंग ५ वर्षे कार्ययोजना छ । त्यही अनुसार हामीले कटान गर्छौं । उत्पादन गर्नको लागि राम्रो–राम्रो छानेर कटान गर्न हाम्रो समूहको नियम छैन । त्यसमा सुख्खा खडा भएको, लडेको जस्तै हावाले लडाएको त्यसलाई कलेक्सन गरेर वार्षिक करिव २ हजार ७ सय क्युफिट पु¥याउँछौं ।

 

कुलबहादुर गुरुङ (अध्यक्ष) शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरीशनिश्चरे–१ मोरङ

२७ सय किवि काठले उपभोक्तालाई प्रसस्त पु¥याउनु हुन्छ त ?
त्यो त हामीलाई अति न्यून हुन्छ । किनभनें हामीले २७ सय किवि प्राप्त गर्छौं । त्यो काठ काटिसकेपछि सबै ए ग्रेडको हुन्छ भन्ने हुँदैन । कतिपय दाउरा पनि हुन्छन् । त्यसमा राम्रा भनेका करिव १५ सयदेखि १८ सय किवि जति होला । हामीले सबै उपभोक्ताहरु पर्याप्त पु¥याउन चाहीं कठिन हुन्छ ।

वनको क्षेत्रफल कति रहेको छ ?
वनको क्षोत्रफल १ सय ७७ दशमलब ३३ प्रतिशत रहेको छ ।

वैज्ञानिक वन व्यवस्थापनमा कतिको सहजता भइरहेको छ ?
वैज्ञानिक वन व्यवस्थापनले समूहलाई चाहीं एक किसिमको सहजता नै भइरहेको छ । किनभनें सुरुको अवस्थामा राज्यबाट वैज्ञानिक वन व्यवस्थापन पद्धति लागू गरियो र प्रत्येक वनले गर्नै पर्छ भन्ने पनि होइन । वैज्ञानिक वन व्यवस्थापन लागू गर्दा चाहीं अति उत्तम देखियो । किनभनें वनको हैसियत पनि वृद्धि हुने, हामीले उपभोक्ताको आवश्यकता पनि पूरा गर्न सकिने र त्यहाँबाट आएको आम्दानीले विकास निर्माण, गरिवी न्यूनिकरण लगायत रोजगारको काम पनि सृजना हुन सक्ने प्रसस्त संभावना रहेको छ । त्यसकारणले गर्दा वैज्ञानिक वन व्यवस्थापन अति उपयोगी रहेको छ ।

यो वर्ष गरिवी निवारणका कामहरु के के भएका छन् ?
यो वर्ष हामीले ६ जनालाई कृषी तथा भेटनरी सम्बन्धि तालिम दिएर उहाँहरुलाई स्वरोजगार सिर्जना गरिदिएका छौं । जुन चाहीं हामीले उहाँहरुलाई मदन स्मृति प्रतिष्ठानमा तालिम दिएका छौं । त्यसैगरी विकास निर्माणमा हामीले कल्भर्ट निर्माण गरेका छौं । निर्माण कार्य गर्दा नियमित जसो विपन्न परिवारका दश जनालाई रोजगारी दिइरहेका छौं ।

तपाईहरुले नजिकै बेतना र बेतीनी सिमसार हँुदाहुँदै करोडौं खर्च गरेर किन सिमसार निर्माण गर्न खोजिरहनु भएको छ ?
वास्तवमा भन्नुपर्दा त्यहाँको क्षेत्र धेरै दलदले भएको हुनाले त्यस ठाउँलाई उपयोग गर्दा पानीको श्रोत पनि संचित हुँदो रहेछ । पशुपंक्षी तथा जलचरलाई पनि संरक्षण हुने, वातावरण पनि राम्रो हुने र पानीको श्रोत पनि बढी हुने भएकोले हामीले त्यसलाई धेरै फोकस ग¥र्यौं । हामीले हाम्रो ठाउँको पनि विशेषता चिनाउन सक्छौं । जब कि त्यो सिमसार हामीले बनाउन सक्यौं भनें पथरीशनिश्चरे नगरका व्यक्तिहरु अन्य ठाउँमा गएर पैसा खर्च गरिरहेको अवस्थामा हामीले हाम्रो ठाउँमा सिमसार निर्माण ग¥र्यौं भने त्यो आम्दामी त हाम्रै ठाउँमा रहन्थ्यो । त्यो आम्दामी आउँदै गर्दा हाम्रै ठाउँको विकास हुन्छ नि ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes