सूर्यमुखी खेती व्यवसायीक बन्न सकेन - Pahilo Online

सूर्यमुखी खेती व्यवसायीक बन्न सकेन

writer

पहिलो अनलाइन

विराटनगर । सुनसरी बर्जु गाउँपालिका–६ का किसान शिवनारायण यादव गएको ८ वर्षदेखि सूर्यमुखी फूलको  गर्दै आउनुभएको छ । यतिखेर पनि उहाँको साढे २ कठ्ठा जग्गामा सूर्यमुखी फूल ढकमक्क फूलेको छ ।

बिना मलखाद र विशेष स्याहारसुसारका बाबजुद पनि उहाँको खेती सप्रिएको छ । यादवले व्यवसाय गर्नकालागि नभई आफ्नै परिवारमा आवश्यक पर्ने खाने तेलका लागि सूर्यमुखी खेती गर्नुभएको हो । सूर्यमुखी खेती सम्बन्धि आवश्यक पर्ने प्राविधिक ज्ञान नभएका कारण देखासिकी मै आफूले खेती सुरु गरेको र राम्रो उत्पादन हासिल गरिरहेको उहाँको भनाइ छ ।

सूर्यमुखी फूलको राम्रो उब्जनी देखेर बर्जु गाउँपालिका ५ का किसान बसिर अंसारीले समेत गएको ५ वर्षदेखि सोही खेती गर्दै आउनुभएको छ । प्राविधिक ज्ञान नभए पनि राम्रो उब्जनी देखेर आफूले सूर्यमुखी खेती सुरु गरेको उहाँले जानकारी दिनुभयो । फूलको बिउ थ्रेसिङ, सिचाई र तालिमको व्यवस्था गरे बर्जु गाउँपालिकाका किसान व्यसायिक सूर्यमुखी फूल खेतीगर्न तयार रहेको उहाँको भनाइ छ । प्राविधिक ज्ञानको अभाव र कमसल बिउका कारण किसानको बाली बिग्रिने र घाटा सहनुपर्ने समस्या रहेको बर्जु गाउँपालिका ६ की अनितादेवी दास बताउनुहुन्छ ।

पुष माघमा रोप्नुपर्ने सूर्यमुखी फूलको बाली वैशाख १५ गतेसम्म तयारी हुने गर्छ । प्रतिकठ्ठा खेतीबाट २ मनसम्म उत्पादन लिन सकिने सो फूलको १० किलो बियाँबाट ४ लिटर तेल निकाल्न सकिने किसान बताउँछन् ।

सुनसरीमा १ हजार हेक्टर क्षेत्रफलमा सूर्यमुखी फूलको खेती हुने गरेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । मकै बाली जस्तै मलखाद र गोडमेल गर्नुपर्ने सूर्यमुखी फूलको बियाँ किसानले स्थानीय सिमावर्ती भारतीय बजारबाट ल्याउने गरेका छन् । भारतीय बजारमा सूर्यमुखी फूलको बियाँ प्रति किलो ५० रुपैयाँले बिक्री हुने गरेको छ ।

किसानलाई तालिम तथा प्राविधिक सहयोग लगायतको व्यवस्थापन गर्नसके सुनसरीमा सूर्यमुखी फूलको खेती प्रमुख नगदे बालीको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना देखिएको किसान बताउँछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes