राधिका माविलाई राष्ट्रपति रनिङ शिल्ड - Pahilo Online

राधिका माविलाई राष्ट्रपति रनिङ शिल्ड

writer

पहिलो अनलाइन

विराटनगर । १० औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिताको उपाधि उर्लाबारीको राधिका माविले जितेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा बिहीबार सम्पन्न प्रतियोगितामा उर्लाबारीको राधिका माविले ७ स्वर्ण, ४ राजत र ४ कास्य पदकका साथ प्रथम हुँदै नगद ५० हजार रुपैयाँका साथ रनिङ शिल्ड जितेको छ । इटहराको सरस्वती माविले ५ स्वर्ण, १ राजत र ३ कास्य पदकका द्वितीय हुँदै नगद ३५ हजार रुपैयाँ र रतुमाईकोे सुनवर्षी माविले ४ स्वर्ण र १ कास्य पदकका तृतीय स्थान हुँदै नगद ९ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

त्यस्तै हाइजम्प छात्रतर्पm राधिका माविका विकास विष्ट प्रथम, श्री मावि निरमद वेस्रा द्वितीय र नायारण माविका सुदनारायण सरदार तृतीय भए । छात्रातर्पm सुनवर्षी माविकी विना तिम्सिना प्रथम, सुकुना माविकी जानकी उराव द्वितीय र लक्ष्मी माविकी प्रतिमा लुङ्गेली मगर तृतीय भए ।

४ गुणा ४ सय मिटर रिलेको छात्रतर्पm राधिका मावि प्रथम, सरस्वती मावि द्वितीय र सिंहबाहिनी मावि तृतीय भए । छात्रातर्पm सुकुना मावि प्रथम, लक्ष्मी मावि द्वितीय र राधिका मावि तृतीय भए ।

३ हजार मिटर दौडको छात्रतर्पm लक्ष्मी माविका शेरबहादुर राई प्रथम, लक्ष्मी माविकै प्रमोद न्यौपाने द्वितीय र नारायण माविका चन्द्र बुढाथोकी तृतीय भए । छात्रातर्पm जाँते माविकी रिमा लिम्बू प्रथम, सुनवर्षी माविकी स्वस्तिका अधिकारी द्वितीय र सुकुना माविकी भावना श्रेष्ठ तृतीय भए ।

ट्रिपलजम्प छात्रातर्पm लक्ष्मी माविकी सजना मगर प्रथम, शारदा माविकी तुलसी कार्की द्वितीय र सुनवर्षी माविकी मीना रसाइली तृतीय भइन् । छात्रतर्पm बालप्रतिभा माविका रित्तम प्रधान प्रथम, सुकुना माविका रेगन आचार्य द्वितीय र सरस्वती माविका बुद्धिराम हेमरम तृतीय भए ।

सटपुटको छात्रतर्पm श्री माविका रोशन माझी प्रथम, राधिका माविका रुपेश तामाङ द्वितीय र सरस्वती माविका संजय मगर तृतीय भए । छात्रातर्पm राधिका माविकी प्रज्ञा हाङमा राई प्रथम, कालिका माविकी मनिका राई द्वितीय र सुकुना माविकी रोजिना राउत तृतीय भइन् ।

त्यसैगरी भलिबलको छात्रातर्पm राधिका मावि प्रथम, रेडस्टार बोर्डिङ स्कुल द्वितीय र सुकुना मावि तृतीय भए । छात्रतर्पm मोर्डन एरा प्रथम, सनरे बोर्डिङ स्कुल द्वितीय र सुकुना मावि तृतीय भए ।

कबडी खेलको छात्रातर्पm मोर्डन एरा प्रथम, सुकुना मावि द्वितीय र गौतमबुद्ध मावि तृतीय भए । छात्रतर्पm शिवशक्ति मावि प्रथम, सुकुना मावि द्वितीय र सरस्वती मावि तृतीय भए । कबडीको उत्कृष्ट खेलाडी शिशक्तिका निरज मण्डल र मोर्डन एराकी आरती साह भए ।

एथलेटिक्स खेलको उत्कृष्ट खेलाडी इटहराको सरस्वती माविकी प्रजिना बस्नेत र राधिका माविका भुवन मोते भए ।

कराते खेलमा सरस्वती मावि प्रथम, भगवती मावि द्वितीय र पोखरिया मावि तृतीय भए ।

त्यसैगरी छात्रातर्पm ४० केजी समूहमा राधाकृष्ण माविकी प्रेरिता दाहाल प्रथम, देवकोटा पब्लिक स्कुलक िसिर्जना मण्डल द्वितीय र देवकोटाकै रिचा यादव तृतीय भइन् । ४५ केजी समूहमा सिटी कलेजकी अन्जना मगर प्रथम, सेन्टमेरिज स्कुलकी आरती कार्की द्वितीय र जेभियर्स स्कुलकी स्मृति राना मगर तृतीय भए ।

५० केजी समूहमा सरस्वती माविकी अस्मिता राई प्रथम, गोदाबारी स्कुलकी स्वस्तिका राई द्वितीय र देवकोटा पब्लिककी रंजना उराव तृतीय भइन् । त्यस्तै छात्रतर्पm ४२ केजी समूहमा कान्तिपुर शिक्षादीप बोर्डिङ स्कुलका अनमोल शिवाकोटी प्रथम, नमूना स्कुलका रंजन पौडेल द्वितीय र युरो किड्सका एमडी अहमद तृतीय भए ।

४५ केजी समूहमा पोखरिया माविका आशिष बस्नेत प्रथम, भगवती माविका सुमन विक द्वितीय र देवकोटापब्लिक स्कुलका संजोग लिम्बू तृतीय भए । ५२ केजी समूहमा सरस्वती माविका रोमन खड्का प्रथम, सरस्वतीकै अनोज भण्डारी द्वितीय र पोखरियाका सुमन साह तृतीय भए । कराते खेलको उत्कृष्ट खेलाडी अनमोल शिवाकोटी र अस्मिता राई भए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes