मौरीपालनबाट राम्रो आम्दानी - Pahilo Online

मौरीपालनबाट राम्रो आम्दानी

writer

सरोज बस्नेत

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–४ का दिपेन्द्र थापाले ५ वर्ष पहिलेदेखि मौरीपालन गर्दै आइरहेका छन् । प्रारम्भमा उनलाई मौरी पालनवाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै नगरेका दिपेन्द्रको आजभोलि भने दैनिकी नै मौरीसँग वित्ने गरेको छ ।

पछिल्लो समय मौरीपालन सुरु गरेपछि घरमै मह किन्न विस्तारै मानिसहरू आउन थालेपछि उनले अहिले व्यवसायिक रूपमै मौरी पालन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । अहिले उनले मौरीपालनबाटै घर व्यवहार चलाउनुका साथै वार्षिक राम्रै गरी रकम बचतसमेत गर्ने गरेका छन् ।

अहिले मौरीपालनबाट वार्षिक करिब ५ लाख रुपैयाँ आम्दानी गरेको थापाले बताउनुभयो । महको माग बढ्दै गएको हुनाले घारहरु पनि थप्दै गएको उहाँको भनाइ छ । थापाको घरमा आहिले ४५ वटा आधुनिक घारमा मौरीहरू रहेका छन् ।

थापाले पालन गरेको व्यवसायिक मौरी पालन देखरे उर्लाबारीमा मौरी पालन गर्नेहरूको संख्यासमेत बढिरहेको छ । उर्लाबारीमा दर्जन बढीले मौरीपालन गर्दै आएका छन् ।

यता उर्लाबारी–२ का शिवराज थापाले पनि मौरीपालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । अन्य व्यवसायमा रुमलिएका शिवराजले गत वर्षदेखि मौरी पाल्दै आएका हुन् । सुरुवाती चरणमै एक सिजनमा डेढ लाख रुपैयाँसम्म कमाएको उनको अनुभव छ । मौरीपालक दिपेन्द्रका अनुसार मौरीले राम्रो परागसेचन गर्ने भएकोले बालीनालीको उत्पादनमा पनिब बृद्धि हुन्छ ।

मौरीको गोलामा पस्ने मैन पुतली पसे नपसेको बारेमा हेक्का राख्यो भने मौरी पालनमा अरू अप्ठ्यारो नहुने किसानहरुको भनाइ छ । मैनपुतली मौरीको घारमा पस्यो भने त्यसले मौरी भाग्ने वातावरण बनाउँछ ।

मोरङ जिल्लामा मौरीपालन किसानहरुले उत्पादन गरेको मह ७ सय देखि १ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको छ । केही वर्षयता जिल्लामा मौरीपालन किसानहरुको संख्या बढ्दै गएकाले उनीहरुले मौरी व्यवसायी संघ नै गठन गरेका छन् । मेलिफेरा मौरीपालन कृषक समूह गठन गरी उनीहरुले प्राप्त बजार प्रवद्र्धन र तालिमहरु सञ्चालन गर्दै आएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes