पूर्वमा डरलाग्दो व्यापार घाटा - Pahilo Online

पूर्वमा डरलाग्दो व्यापार घाटा

पेट्रोलियम पदार्थको आयातले व्यापार घाटा बढाइरहेको छ

writer

विराटनगर । गन्तीमा आएका झण्डै १५ देशसँग नेपालले व्यापार गरिरहेको छ । तर, अधिकांश देशसँगको व्यापार घाटा भने अझै बढिरहेको छ ।

नेपालमा पछिल्लो पटक खाद्यान्न आयात अझै बढिरहेको छ । सवारी साधनको आयात बढ्दा पेट्रोलियम पदार्थको आयातले अझै व्यापार घाटा बढाइरहेको छ ।

पूर्वाञ्चल अर्थात् १ नम्बर प्रदेशका नाकाबाट हुने निकासी तथा पैठारीमा नेपालबाट भने सानो आकारमा अन्य देशमा मालबस्तु जाने गरेको छ । तर, भारत, चीनलगायतका देशबाट भने नेपालमा ठूलो मात्रामा सामान आयात भइरहेको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा पूर्वको व्यापार घाटा ८६ अर्ब २७ करोड ६३ लाख पुगेको छ । पूर्वका विभिन्न नाकाबाट १ खर्ब २ अर्ब ९५ करोड रुपैया“ बरावरको आयात हुँदा निर्यात भने १५ अर्ब ८१ करोड ९१ लाख ९५ हजार रुपैया“को भएको छ ।

धागो र टेक्सटायलले धान्दै व्यापार

निर्यात भएका सामानमा धागो र टेक्सटालयल्सका सामान बढी छन् । पूर्वबाट २ अर्ब ५९ करोड रुपैया“को धागो र टेक्सटायल निर्यात भएको छ । यस्तै २ अर्ब ५८ करोड रुपैया“को आइरन एण्ड स्टिलका सामान, २ अर्ब ५५ करोडको अलैंची, १ अर्ब ९१ करोडको चीया, १ अर्ब ३ करोडको जुटका वोरा, १ अर्ब ६३ करोडको जुट, ४५ करोडको मुसुरो, १२ करोड रुपैया“को भैंसीको मासु निर्यात भएको छ । यस्तै अदुवा, कत्था, तोरीको पीना, अम्लीसो लगायतका बस्तुहरू उल्लेख्य मात्रामा निर्यात भएका छन् ।

६१ अर्बका सामान भारतबाटै आयात

तथ्यांक अनुसार करिब ६१ अर्बको बस्तु भारतबाट मात्रै आयात भएको छ । ४१ अर्बका वस्तु भने तेस्रो मुलुकबाट आयात भएको व्यापार तथा निकासी प्रबद्र्धन क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख कृष्ण रेग्मीले जानकारी दिनुभयो ।

आइरन एण्ड स्टिलका सामान सबैभन्दा बढी अयात भएको छ । ६ महिनाको अवधिमा १७ अर्ब रुपैया“को आइरन एण्ड स्टिलका सामान आयात भएको छ भने १४ अर्ब ३५ करोड रुपैया“को पेट्रेलियम पदार्थ र ६ अर्ब ५३ करोडको जनावरको बोसो मात्रै आयात भएको छ ।

यस्तै ४ अर्ब ४९ करोडको गेडागुडी, ६ अर्ब ७३ करोडको प्लाष्टिक अयात भएको छ । ४ अर्ब २७ करोडको खाद्यमल, ४ अर्ब ८८ करोडको मेशिनरी ३ अर्ब ८२ करोडको दाल, ३ अर्ब २७ करोडको चीनि आयात भएको छ ।

व्यापार घाटा बढ्दो

चालू आर्थिक वर्षको ६ महिनामा पूर्वी नाकाबाट भारत तथा तेस्रो मुलुकस“ग कुल व्यापारको १३।५ प्रतिशत मात्रै निर्यातको हिस्सा छ । अयातको हिस्सा भने ८६।५ प्रतिशत छ । विराटनगरमा रहेको व्यापार तथा निकासी प्रबद्र्धन क्षेत्रीय कार्यालयको तथ्यांक अनुसार नेपालले हाल भरत, अमेरिका, टर्की, जर्मनी, बेलायत, चिन, पाकिस्तान, इटाली, जापान, बंगलादेश, क्यानडा, अस्ट्रेलिया, भुटान, रुसलगायतका देशसँग व्यापारमा साझेदारी गरेको छ ।

गत आर्थिक वर्ष २०७३/७४मा पूर्वको व्यापार घाटा एक खर्ब २० अर्ब थियो । गत वर्ष पूर्वबाट २६ अर्ब रुपैया“ बराबरका बस्तुहरू निर्यात भएको थियो ।

भिजनरी नेतृत्वको आवश्यकता

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले व्यापार घाटा कम गर्न सरकारले आवश्यक कार्ययोजना बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले स्वदेशमै खाद्यान्न उत्पादन बढाउनु पर्ने र अनावश्यक मालबस्तुको आयात पनि रोक्नुपर्नेमा जोड दिनुभयो ।

‘भिजनरी नेतृत्व आवश्यक छ, आवश्यक कार्ययोजना बनाएर आयातको दर घटाउने, खाद्यान्नमा भएको परनिर्भरता हटाउने तिर सरकार लाग्नु पर्छ,’ सारडाले भन्नुभयो, ‘अब पनि चुप लागेर बस्ने हो भने नेपाली अर्थतन्त्र अझै धरासायी बन्ने देखिन्छ ।’ देशलाई समृद्ध बनाउने हो भने व्यापार घाटा कम गर्नु र रोजगारीको व्यवस्थापन गर्नु नै मुख्य कुरा हुने उहाँको भनाइ छ ।

करको दर नभएर दायरा वृद्धि गर्नुपर्नेमा सारडाको जोड छ । ‘सरकारले उद्योगीलाई करको दर बढाउने विषयमा मात्रै सोचिरहेको छ, तर सेवा सुविधा के दिने र करको दायरा कसरी बढाउने भन्नेतिर ध्यान दिन सकेको छैन,’ सारडाले भन्नुभयो, ‘अत्याधिक लगानीको वातावरण बनाउने, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने र ठूला कन्ट्रक्सन निर्माण गर्ने विदेशी कम्पनीको लगानी भित्र्याउन सरकार लाग्नुपर्छ ।’मिस र

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes