२ महिनाबाट लोडसेडिङको मारमा सोलुखुम्बुका उपभोक्ता
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका उपभोक्ता दुई महिनायता लोडसेडिङको मारमा परेका छन्। दैनिकजसो तालिका भन्दा अन्य समय पनि विद्युत् अनियमितता हुँदा हैरानी हुन थालेको स्थानीयको गुनासो छ। पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत् कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका...