पत्रकार महासंघको ७१औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाइयो
पथरी शनिश्चरे/ नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लामा दीप प्रज्वलन, अन्तरक्रिया, सम्मान तथा प्रतिबद्धतामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्। कार्यक्रमहरूमा प्रेस स्वतन्त्रता, पत्रकारिता शुद्धीकरण र पेशागत सुरक्षाको विषय प्रमुख रूपमा उठाइएको छ। मोरङको पथरी शनिश्चरेमा पत्रकारहरूले...