
कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ को नव दिप फुटबल क्लब दहिधापले बडादशै, शुभदिपावली र छठपर्वको पावन अवसरमा आयोजना गरेको नव दिप नकआउट फुटबल प्रतियोगिताको आठौं दिन शनिवार क्वाटरफाइनल अन्तर्गतको १ र सेमिफाइनलको १ वटा खेल भएका छन् ।
क्वाटर फाइनल अन्तर्गतको अन्तिम खेल नव दिप फुटबल क्लब कानेपोखरी ६ दहिधाप र मङलबारे शुक्रबारे फुटबल क्लबका बिच भएको खेलमा ४–० गोल अन्तरको जीत निकाल्दै मङलबारे शुक्रबारे फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित २५–२५ मिनेटको समयावधि खेलको १५, २२, ३४ र ४५ औ मिनेटमा मङलबारे शुक्रबारेका लागि क्रमशःअजय धिमाल, पन्चु नुनिया, सुरोज राउत र सौराज राउतले गोल गर्दै जीत दिलाएका हुन्।

त्यस्तै, दोश्रो खेल फाइनलका लागि सेमिफाइनल खेल अन्तर्गतको पहिलो खेल लालभित्ती फुटबल क्लब र हाइवे युथ फुटबल क्लब पथरी शनिश्चरे–०१ का बिच भएको खेलमा २–१ गोलको अग्रता सहित हाइवे फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। खेलको २२ औ र ४० औ मिनेटमा क्रमश निमन लिम्बू र असिम राईले गोल गर्दै हाइवे क्लब क्लबलाई जीत दिलाएका थिए। खेलको ४५ औ मिनेटका लालभित्तीका लागि रन्जन मगरले गोल गर्दै नतिजालाई २–१ मा पु¥याएका थिए।
आज विहान फाइनल प्रवेशका लागि मंगलबारे शुक्रवारे फुटबल क्लब र पौडेल चोक फुटबल क्लबका बीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको फाइनल खेल पनि आजै दिउसो गराइने आयोजकले जनाएको छ ।
