पथरीशनिश्चरेमा मधुमेह र उच्च रक्तचाप रोग पहिचानसम्बन्धी तालिम - Pahilo Online

पथरीशनिश्चरेमा मधुमेह र उच्च रक्तचाप रोग पहिचानसम्बन्धी तालिम

writer

सन्तोष राई

पथरी शनिश्चरे,  समुदायमा आधारित मधुमेह तथा उच्च रक्तचाप रोगको पहिचान गर्ने सम्बन्धी राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि सञ्चालन गरिएको तीन दिने तालिम सम्पन्न भएको छ ।

पथरी शनिश्चरे नगरपालिकाको सभाकक्षमा स्वास्थ्य कार्यालय मोरङको आयोजनामा तथा नगरपालिकाको समन्वयमा सञ्चालन भएको उक्त तालिमको आज समापन गरिएको हो । कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन समारोहमा नगर प्रमुख तुम्वापोले तालिम फलदायी भएकोमा आफू विश्वस्त रहेको बताउँदै सहभागी स्वयंसेविकाहरूलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले स्वयंसेविकामार्फत बिरामी पहिचान भई आवश्यक उपचारका लागि सहज रूपमा रेफर हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले समग्र स्वास्थ्य अवस्थाबारे धारणा राख्दै अबका दिनमा स्वयंसेविकाहरूको सक्रियताले प्रेसर र सुगरका बिरामीको पहिचान तथा नियन्त्रणमा उल्लेखनीय सुधार आउने अपेक्षा व्यक्त गर्नुभयो ।

यस्तै, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, पशुपंक्षी तथा मत्स्य विकास शाखाका पशु चिकित्सक डा. आशिष देवले आ–आफ्ना विषयमा प्रस्तुति दिनुभएको थियो । तालिममा नगरका सबै वडाबाट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो । साथै स्वास्थ्य कार्यालय मोरङका फोकल पर्सन शेखर यादव, जनस्वास्थ्य अधिकृत जगत प्रसाद मगर तथा स्वास्थ्य शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ३० जना स्वयंसेविकालाई प्रेसर तथा सुगर जाँच गर्ने मेसिन वितरण गरिएको स्वास्थ्य अधिकृत एकराज खत्रीले जानकारी दिनुभयो । तालिमको सहजीकरण सुन्दरहरैचा नगरपालिकाका जनस्वास्थ्य अधिकृत लिलामणि दाहाल र बुढीगंगा गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सूर्यकुमार थापाले गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles