पूर्व प्रतिनिधि सभा सदस्य राईको पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्रकाशित - Pahilo Online

पूर्व प्रतिनिधि सभा सदस्य राईको पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्रकाशित

writer

पहिलो अनलाइन

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्रकाशित भएको छ । विश्वमा समाजवादको आधार वर्गलाई मुख्य मान्ने गरिन्छ । नेपाली समाजको विशेषता अनुसार समाजवादको आधार वर्गसँगै वर्ण अर्थात जातीय समुदायलाई जोड्नुपर्ने लेखक दुर्गा राईले पुस्तक मार्फत आफ्नो विचार दिनुभएको छ ।

वर्गसँगै विभिन्न जातीय समुदायलाई आर्थिक, सांस्कृतिक रुपमा समान अधिकार दिए मात्र समाजवादको आधार तयारहुने राईले प्रष्ट धारणा राख्नुभएको छ । पुस्तकमा नेपालको राजनीति, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग समुदायको अवस्थाबारे तथ्य, तर्क र विश्लेषण प्रस्तुत गरिएको छ । किराती समुदायमाथि राज्य विस्तारका क्रममा परेको नकारात्मक प्रभाव, उनीहरूको भाषा, संस्कृति तथा पहिचानमाथि गरिएको हस्तक्षेपबारे चर्चा गरिएको छ । पुस्तकमा लेखक दुर्गा राईले पृथ्वीनारायण शाहद्वारा गरिएको राज्य विस्तारसँगै किरातीहरूको भूमि अधिकार खोसिएको प्रसंग उल्लेख छ ।

राज्य विस्तारसँगै सांस्कृतिक पहिचानमाथि पनि असर परेको विषयलाई पुस्तक मार्फत उजागर गरिएको छ । पुस्तकमा “बाह्रो राष्ट्रिय जनगणना, हिन्दु धर्म र राजनीतिक दाउपेच” शीर्षक अन्तर्गत जनगणनालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको, संख्या बढाउने, घटाउनेमा भूमिका गरिएको, विभिन्न भाषाभाषी समुदायलाई उपेक्षा गरिएको विषयलाई आलोचनात्मक रूपमा प्रस्तुत गरिएको छ । पुस्तकमा विभिन्न सञ्चार माध्यम र मितिमा प्रकाशित लेखक राईको विचार समेटिएको अन्तर्वार्ताहरु राखिएको छ ।

जातीय मुक्ति, भाषा, संस्कृति, संघीयता, स्वायत्तता र समावेशी प्रतिनिधित्व जस्ता विषयमा विचार प्रस्तुत छ । राईको पुस्तकमा वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिक उत्पीडन विरुद्धको आवाजलाई सशक्त रूपमा उठाइएको छ । आदिवासी जनजातिको अधिकार र पहिचानको विषय प्रस्तुत छ । दुखारु अध्ययन केन्द्र काठमाडौंद्वारा प्रकाशित पुस्तकमा नेपाली कम्युनिष्ट पार्टीको संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डको शुभकामना रहनुको साथै सादगी कम्युनिष्ट नेता मोहन वैद्य (किरण)द्वारा भूमिका लेखिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहनुभएका दुर्गा राई प्रतिनिधि सभामा यीनै विषयहरुमा सशक्त आवाज उठाउनु भएको थियो । सदनमा बोल्नु भएको कतिपय विषय भाइरल भएको थियो । सामाजिक राजनीतिक रुपमा क्रियाशील दुर्गा राईले यस अघि किरावाबुङ, सोदेल जस्ता लेखन संग्रहहरुको सम्पादनको भूमिका निर्वाह गर्नुभएको थियो । सिमान्त सौन्दर्यको प्रकाशक हुनुहुन्थ्यो । विभिन्न सञ्चार माध्यमहरु र मुखपत्रहरुमा विचार लेख्दै आउनु भएको दुर्गा राईले राई समुदायको साझा संस्था किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष, किरात कोयी÷कोयू सोदेल खिमको महासचिवहुँदै अध्यक्ष भएर काम गर्नुभयो ।

२०१९ कार्तिक २७ मा भोजपुर छिनामखुमा जन्मिनु भएको दुर्गा राईको हाल काठमाडौको टोखा नगरपालिका—८ मा बसोबास रहेको छ । लेखक राई भोजपुर पढ्दैदेखि २०३५ सालदेखि विद्यार्थी संगठनमा आबद्ध राई, २०३८ मा अखिल छैटौंको भोजपुर जिल्ला समितिको कोषाध्यक्ष र सोही वर्ष चौथो महाधिवेशनको पार्टी सदस्यता लिनुभएको थियो ।

राई नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य, पार्टी संवद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चाको केन्द्रीय कार्यालय सदस्य, किराती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष भएर काम गरेको अनुभव छ । प्रतिनिधि सभा सदस्य रहँदा राज्य व्यवस्था तथा सुशासन समितिको समेत सदस्य भएर काम गर्नुभएको लेखक दुर्गा राईको पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’मा चीन दुई पटक, वेलायत एक पटक भ्रमणको अनुभवसमेत पढ्न पाइन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles