मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी - Pahilo Online

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी

writer

छविराज ढकाल

पथरी शनिश्चरे । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा यतिबेला चुनावी सरगमी बढेर चरमोत्कर्षमा पुगेको छ। आजै राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएपछि आज दिनभर यस क्षेत्रमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले चुनावी गतिविधि सञ्चालन गरेका हुन्।

विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायत अन्य विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले आआफ्नो तवरले चुनावी र्याली र घरदैलो अभियान सञ्चालन गरेका छन्। संघीय व्यवस्थापिका अर्थात् प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ कुल १८ जना उम्मेदवारहरूले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिनुभएको छ।

अघिल्लो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता सुनिल कुमार शर्माले अत्याधिक मतका साथ विजय हासिल गरेको यो निर्वाचन क्षेत्रमा यसपटक पनि डाक्टर शर्मा चुनावी मैदानमा उत्रिनु भएको छ। यस निर्वाचन क्षेत्र अन्तर्गत पथरी शनिश्चरे नगरपालिकाका ८ वटा वडाहरू, कानेपोखरी गाउँपालिका, बेलबारी र सुन्दर हरैंचा नगरपालिका पर्दछन्।

अघिल्लो निर्वाचन -२०७९ मा कुल ४८,६३१ मत प्राप्त गर्दै नेपाली कांग्रेसका नेता डा सुनिल कुमार शर्माले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतको अन्तरमा पराजित गर्दै विजय हासिल गर्नुभएको थियो। यसपटकको निर्वाचन २०८२ मा भने नेपाली कांग्रेसका निवर्तमान संघीय सांसद सुनिल शर्मा नेकपा एमालेका प्रत्यक्ष उम्मेदवार इरन राई ”, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्की, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. देउमान सम्वाहाम्फे, श्रम संस्कृति पार्टीका समिर मगर , राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रेमप्रसाद सुवेदी लगायतसित चुनावी मैदानमा उत्रेका हुन्।

घरदैलो , र्याली तथा कोणसभाका क्रममा सबै उम्मेदवारहरूले ‘ एक -एक थोपा पानीले समुन्द्र बन्छ’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्न यस क्षेत्रका नागरिकहरूको अमुल्य एक-एक मतको दानले विजय हासिल गर्न सकिन्छ र निर्वाचन क्षेत्रको जनताहरूको भाग्य रेखा कोर्न निर्णायक बन्छ भन्ने मान्यताका साथ उहांहरुले यस क्षेत्रको विकास, समृद्धि र जीवनस्तर उकास्दै नागरिकको उज्जवल भविष्य कोर्ने आ-आफ्नो तवरले प्रतिबद्धता जाहेर गर्दै १५ दिनभन्दा बढी घरदैलो र भेटघाटलाई तीव्रता दिएका थिए।

मोरङ क्षेत्र नम्बर ३ मा कुल १ लाख ५८ हजार ०५७ मतदाता; ५५ वटा मतदान स्थान र १७९ मतदान केन्द्रहरू :- यस पटकको निर्वाचनमा मोरङ्गको निर्वाचन क्षेत्र नम्बर ३ मा ५५ वटा मतदानस्थल र १ सय ७९ मतदान केन्द्रहरू रहेको निर्वाचन अधिकृत कार्यालयका प्रमुख अधिकृत रुद्रप्रसाद अर्यालले बताउनुभयो। उहाँले यसपटक कुल १ लाख ५८ हजार ०५७ कुल मतदाताले मताधिकार प्रयोग गर्ने भएका छन् । जसमा महिला ८० हजार ८सय८३ र पुरुष ७७ हजार १ सय ७० तथा अन्य ४ जना मतदाता रहेका छन्।

मोरङ क्षेत्र नम्बर ३ मा १९ दल र दुईजना स्वतन्त्र सहित कुल २१ जनाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिनुभएको थियो। जसमा तीनजनाले फिर्ता लिएर १८ जनाले संघीय संसद (प्रतिनिधि सभा)को प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएको छ।

राज्यका चारवटै सुरक्षा अङ्गहरूको परिचालन – भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन प्रहरी (म्यादी), जनपथ प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना राज्यका जस्ता सुरक्षा अङ्गलाई निर्वाचन आयोगले परिचालन गरेको छ।

निर्वाचन सम्बन्धी नारा, जुलुस, आमसभा, जस्ता प्रचारप्रसार कार्यक्रमहरू निर्वाचन आयोगले १५ दिनअघि १५ दिनको लागि मात्रै प्रचार गर्न दिने र अघिल्ला चुनावहरू जस्तो लामो समयसम्म चुनाव, अनावश्यक खर्चलाई नियन्त्रण गरेको छ।

निर्वाचन आयोगद्वारा निर्वाचन ताका सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुले पालना गर्नुपर्ने आचारसंहिताको कडाईका साथ पालना गर्न समेत आग्रह गरिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles