कानेपोखरी गाउँपालिकाको बजेट सार्वजनिक - Pahilo Online

कानेपोखरी गाउँपालिकाको बजेट सार्वजनिक

writer

पहिलो अनलाइन

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड ६७ लाख ५३ हजार बजेट सार्वजानिक गरेको छ ।
आज गाउँ कार्यपालिकाको कार्यालय भौसाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले १८ औं गाउँसभाबाट पारित सो बजेट सार्वजानिक गरेको हो ।
गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुभएको थियो । पूर्वाधारतर्फ १४ करोड १७ लाख विनियोजन भएको छ । जस अन्तर्गत १ देखि ७ सम्मको वडालाई बहुवर्षीय योजना अन्तर्गत कालोपत्रे गर्न ५ करोड बजेट छुट्याइएको छ ।
यस्तै वडा नं. १ को पुतली चौकदेखि झोलुङ्गे पुल हुँदै गाडाटोल सम्मको कालोपत्रे, वडा नं. २ को धावीटोल मैनावारी सडक कालोपत्रे, वडा नं. ३ को मिलनचौक दक्षिण मंगलबारे जाने सडक कालोपत्रे, वडा नं. ४ को प्रणामीडाँडा रिमालचोकबाट हात्तिडुब्बा गैरीगाउँ सडक कालोपत्रे, वडा नं. ५ को ठूलो गाउँ–क्याम्पस डाँडा सडक कालोपत्रे, वडा नं. ६ को दही दोमान उत्तर दहीखोलामा पक्कीपुल, वडा नं. ६ र ७ को सिमाना सुकुना कल्भर्टबाट पूर्व जाने सडक कालोपत्रे र वडा नं. ७ को आइतबारे मन्दिर हुँदै ४० बिघे जहदा जोड्ने सडक कालोपत्रे हुने लगायत बताइएको छ ।

यसैगरी सुरक्षित नागरिक आवास कार्यक्रमलाई ५० लाख, जनता आवास कार्यक्रम अन्तर्गत २० लाख, खुल्ला व्यामशाला निर्माण ५ लाख, उज्यालो कानेपोखरी कार्यक्रम ५ लाख, कब्बर्ड हल निर्माण ५ लाख, सडक हरियाली ५ लाख रुपैयाँ विनियोजन भएको छ ।
प्रशासनिक चालुतर्फ ७ करोड ६१ लाख ८० हजार विनियोजन भएको बताइएको छ । यसैगरी शिक्षा शाखातर्फ २ करोड १४ लाख ४९ हजार, स्वास्थ्य शाखालाई ८६ लाख, कानेपोखरी अस्पताललाई ७९ लाख, खेलकुद तर्फ ३० लाख, कृषि शाखालाई ४९ लाख ६० हजार, पशु पन्छी शाखालाई ३९ लाख, सहकारी शाखा ३५ लाख, महिला जेष्ठ बालबालिका अपाङगता विकास शाखा तर्फ ३० लाख ७५ हजार, रेमी ११ लाख, संस्कृति प्रवद्र्धनमा ५ लाख, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ ९५ लाख, सार्वजनिक सेवा तथा क्षमता विकास शाखातर्फ १ करोड २१ लाख ५४ हजार विनियोजन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँसभाले पालिकाका ७ वटै वडालाई ३० लाखको दरले सिलिङ बजेट विनियोजन गरिएको छ ।
गाउँसभाले १०४ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको बताइएको छ । आगामी वर्षको लागि ६७ करोड २९ लाख ९६ हजार रुपैयाँको अनुमानित सिलिङ बजेट प्रस्तुत गरिएको होे ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले गर्नुभएको प्रश्नको उत्तर गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव र वडाध्यक्षहरुले संयुक्त रुपमा दिनुभएको थियो ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles