देवीगञ्जमा सार्वजानिक व्यायमशालाको उद्घाटन - Pahilo Online

देवीगञ्जमा सार्वजानिक व्यायमशालाको उद्घाटन

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रमुख मोहन प्रसाद तुम्वापोले सार्वजानिक व्यायमशालाको उद्घाटन गर्नुभएको छ ।
आज पथरी शनिश्चरे नगरपालिका वडा नं. २ को लगानीमा सुन्दर सामुदायिक वन क्षेत्र स्वागत टोलमा सार्वजानिक व्यायमशालाको उद्घाटन गरिएको हो । नगर प्रमुख तुम्वापोले रिबन काटेर र कम्मर मर्काउने व्यायम गरेर सो व्यायमशालाको उद्घाटन गर्नुभएको थियो । वडा कार्यालयले युवा, बालबालिका तथा जेष्ठ नागरिकहरूको शारीरिक तन्दुरुस्तीका लागि व्यायामशालाको निर्माण गरिएको वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो ।
यसैगरी व्यायमशाला उद्घाटन पश्चात् रातो शिरीष, कल्की, निलो शिरीष र धुपी जस्ता विभिन्न प्रजातिका रंगीन फूलहरूको बिरुवा रोप्नुका साथै सिँचाइ सहज बनाउन र आवत जावत सहज गर्नका लागि ह्यामपाइप लगाउने कार्य गरिएको थियो । सो कार्यक्रममा सुन्दर सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु तथा वडाका वडा सदस्य चन्द्रकुमार राई, सीता भुसाल लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles