छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन - Pahilo Online

छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ को उद्घाटन भएको छ ।
आज वडा नं. १ को सुनाखरी माध्यमिक विद्यालयमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ को उद्घाटन गर्नुभएको हो । प्रमुख तुम्वापोले भलिबल रेफ्रीलाई दिएर र छेलो हानी खेलको उद्घाटन पनि गर्नुभयो ।
यसैगरी प्रमुख अतिथि तुम्वापोले मन्तव्यका क्रममा भन्नुभयो–‘छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ विद्यार्थीहरुको एउटा सुवर्ण अवसर हो यस कार्यक्रमलाई सबै मिलेर सफल बनाउन आग्रह गर्दछु ।’
नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा वडा अध्यक्षहरु भीम राई, नविन कार्की, उद्धवराज बस्नेत, कार्यपालिका सदस्य विरध्वज शिवा, नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलिप कुमार राई (किशोर), पञ्चायत माविका वि.व्य.स. अध्यक्ष युवराज बास्कोटा, सुनाखरी माविका वि.व्य.स.अध्यक्ष प्रदिपकुमार राई, नगरपालिकाका शिक्षा शाखा प्रमुख नविन खुलाल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, विद्यालयका प्रधानाध्यापकहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सो प्रतियोगिता माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles