पथरीका खाेजकर्ता दीपेन्द्र धनकुटामा सम्मानित - Pahilo Online

पथरीका खाेजकर्ता दीपेन्द्र धनकुटामा सम्मानित

writer

भुमिप्रसाद पाठक

पथरी शनिश्चरे,  माेरङ पथरीशनिश्चरेका खाेज कर्ता लेखक दीपेन्द्रराज तिम्सिना शनिबार धनकुटामा सम्मानित हुनु भएको छ । खाेजकर्ता तिम्सिनालाई राष्ट्रिय दलित पत्रकार संघ काेशि प्रदेशले प्रथम काेशि प्रदेश अधिवेशनको अवसरमा सम्मान गरेको हाे ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा संघिय सांसद राजेन्द्रकुमार राईले तिम्सिनालाई सम्मान पत्र सहित सम्मान गर्नुभएको थियोे । पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीकाे बिषयमा गहिरो खाेज अनुसन्धान गरि नेपालमै पहिलोपटक गुमनाम एक इतिहास बिसे नगर्ची पुस्तक प्रकाशन गरि गाैरबमय इतिहास खाेज, लेखन गरेकाले सम्मानित गरिएको राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष नैन विश्वकर्माले बताउनुभयो ।

यहाँले इतिहासको पानामा मात्र सिमित नेपाल एकिकरणका मुर्धन्य व्यक्तित्व पृथ्वीनारायण शाहलाई उचित समयमा उचित सल्लाह दिई राज्य एकिकरणका सुपात्र बिसे नगर्चीकाे बिषयमा एक्लो प्रयासबाट गहिरो अध्ययन गरि दुई संस्करण गुमनाम एक इतिहास पुस्तक मार्फत इतिहासलाई पुर्न जागृत मात्र गर्नुनभई नेपालका सिल्पि समुदायको राष्ट्र निर्माणको याेगदानलाई संसार सामु चिनाउन सफल हुनुभएको कदर पत्रमा भनिएको छ । राष्ट्रकाे श्रीबृद्दि राष्ट्रकाे सिर उच्च राख्न अनवरत निष्काम सेवामा तत्पर रहनु भएकोले यहाँको सत्कर्मकाे उच्च सम्मान गर्दै याे कदर पत्र सहित सम्मान गरिएको छ लेखिएको छ ।

खाेजकर्ता तिमिल्सिनाले बिसे नगर्चीकाे इतिहास गाेरखा सम्मनै पुगेर खाेज अनुसन्धान गरि लेखेको पुस्तक दाेस्राे संस्करण समेत प्रकाशन गर्नुभएको थियोे । साेहि कार्यक्रममा सुनसरीका पुराना पत्रकार पिवि दियालिलाई पनि सम्मान गरिएको थियोे । बिसे नगर्चीकाे नामबाट लेखक तिम्सिना सम्मानित भएको याे तेस्राे पटक हाे ।

मुक्ति समाज गाैरादह झापा, राष्ट्रिय धराेहर संरक्षण प्रतिष्ठान नेपालले पुष १७ गते काठमाडौंमा राष्ट्रिय सम्मान गरेको थियोे । तिमिल्सिना एक दर्जन बढी संघ संस्थापकबाट सम्मानित हुनु भएको छ भने हालसम्म एक दर्जन बढी खाेजमूलक ऐतिहासिक पुस्तक लेख्नु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles