ओखलढुङ्गामा नगरपालिकाको सहयोगमा एलइडी बल्ब उत्पादन सुरु - Pahilo Online

ओखलढुङ्गामा नगरपालिकाको सहयोगमा एलइडी बल्ब उत्पादन सुरु

writer

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–७ मा नगरबाट अुदान प्राप्त गरी एलईडी बल्ब उत्पादन सुरू गरेका छन्। नगरपालिकाको एक लाख अनुदान र आफ्नो दुई लाख रुपैयाँ लगानीमा यदुनाथ दाहालले बल्ब उत्पादन सुरु गरेका हुन्। ग्रामीण बिजुलीघर नामदिइएको उक्त उद्योगबाट दैनिक ५० वटा बल्ब उत्पादन क्षमता रहेको छ। उद्योगबाट अहिलेसम्म १५० बल्ब उत्पादन भइसकेको छ। प्याकेजिङ गर्ने खोल नभएका कारण बजारमा लान समस्या भएको र चाँडै खोल बनाउने तयारी गरिरहेको दाहाले बताए।

जनशक्ति र बजार व्यवस्थापनको काम अघि बढेपछि थप मेसिन राखेर उत्पान बढाउन सकिने उद्योग सञ्चालक दाहाल बताउँछन्। ग्रामीण विजुली घर नगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको पहिलो स्थानीय उद्योग भएको वडा नम्बर ७ का अध्यक्ष बमबहादुर राईले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles