
झापा । झापाको कमल गाउँपालिका ५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली सोही स्थानका २३ बर्षिय अन्नत प्रसाद गणेश र कमल गाउँपपालिका ५ का २० बर्षिय दिपेश थापा रहेका छन ।
उनिहरुलाई हिजो बेलुका ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मोटरसाईकलमा सवार गरी आएका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाई छिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । साथै निजहरुको साथबाट नगद ६ हजार रुपैया ,२ थान मोबाईल र उनिहरु सवार गरी आएको दुई वटा पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । यसै गरी सुनसरीको बराहक्षेत्र ८ शेरे चौकबाट दुई जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा बराहक्षेत्र ७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान १७ का २२ बर्षीय विशाल भुजेल रहेका छन । मोटरसाईकलमा सवार गरी आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट DIAZALAB-११, एम्पुल, AVIL-एम्पुल र LUPIGESIC-११ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको हो । साथै उनिहरु सवार गरी आएको १ थान पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
