सुनसरी र इलाममा नाली र दहको पानीमा डुबेर २ जनाको मृत्यु - Pahilo Online

सुनसरी र इलाममा नाली र दहको पानीमा डुबेर २ जनाको मृत्यु

writer

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका ५ भमरी चोकका ४७ बर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा रहेको भन्ने स्थानीयले जानकारी गराउना साथ घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । त्यसैगरी

ईलामको सुनमाई नगरपालिका १२ मलिम बस्ने ५६ बर्षीय दिलमाया राईको पानीको दहमा डुबेर मृत्यु भएको छ । आज बिहान ८ बजे आफ्नै घर नजिकै रहेको पानीको दहमा डुबेर मृत अबस्थामा रहेको भन्ने स्थानीयवासीले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles