हाम्रो बारेमा - Pahilo Online

हाम्रो बारेमा

पत्रकारिताको नयाँ आयामको रुपमा पहिलोअनलाईन डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो । यो अनलाइन कुनै व्यवसायीको नाफा आर्जन गर्ने र अन्य व्यवासय प्रबद्र्धन गर्ने प्रोपोगाण्डाको साधान नभएर श्रमजीवीहरुले श्रम गर्नेहरुको पक्षमा चलाएको अभियान हो । सत्य, निष्ठा जवाफदेहीता र जिम्मेवारीपूर्वक आफ्नो अभियान अगाडि बढाउने संकल्पसहित हामी आएका छौं ।बजारमा दिनहुँ आइरहेका अतिरञ्जित, भ्रमपूर्ण र प्रायोजित समाचारले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर बनिरहेको बेला त्यसलाई चिर्ने हाम्रो सानो प्रयास हुनेछ । हामी त्यसमा सफल हुनेछौं, किनकी समाचारमा हामीले कसैको स्वार्थको अधिनस्त बस्नुपर्ने अवस्था हुनेछैन । हाम्रो यस अभियानलाई सफल बनाउन हामी आफै मात्र पूर्ण छैनौं । यसमा आमपाठक, दर्शक, स्रोताहरूको मार्गदर्शन अतिआवश्यक छ । तपाईहरुको स्वस्थ आलोचना र रचनात्मक सुझावले हामीलाई अगाडि बढ्न मद्दत गर्ने निश्चित छ ।
जनताको सूचनाको अधिकार स्थापित गर्नु र राज्य तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउन खबरदारी गर्नु हाम्रो प्रयास हुनेछ । देश, जनता र वृहत राष्ट्रिय हितको पक्षमा हाम्रो पक्षपोषणलाई ‘स्वतन्त्र’ र ‘व्यवसायिक’ घेराले छेक्नेछैन । यो हाम्रो सुरुवात हो । यसमा धेरै कमजोरी र अपर्याप्तता छन् भन्ने हामीले बुझेका छन् । त्यसलाई पुर्ण गराउन तपाईहरुको साथको अपेक्षा हरपल रहनेछ ।
अहिले हामी परीक्षणको रुपमा तपाईमाझ उपस्थित भएका छौं । केही समयभित्रै हाम्रो उपस्थिति नियमित हुनेछ ।

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes