वेलडागी शिविरमा वृद्ध- वृद्धाको लागि निर्मित भवनको मुख्यमन्त्रीद्वारा समुद्घाटन - Pahilo Online

वेलडागी शिविरमा वृद्ध- वृद्धाको लागि निर्मित भवनको मुख्यमन्त्रीद्वारा समुद्घाटन

writer

पहिलो अनलाइन

भूमिप्रसाद पाठक

(वेलडागी)  / झापाको भुटानी शरणार्थी शिविर( बेलडाँगी -२ ) अवस्थित वृद्ध दिवा सेवा , मेरो डान्स कप ( यूएसए ) र मेरो भ्वाइस कप ( यूएसए)को समुद्‌घाटन प्रदेश नं-१ का मुख्यमन्त्री राजेन्द्र राईले गरेका छन् । सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मुख्यमन्त्री राईले शनिबार वृद्ध- वृद्धाहरुका लागि निर्मित भवनको समुद्घाटन गर्नुभएको हो।

उक्त समारोहमा संबोधन गर्दै मुख्यमन्त्री राईले वृद्धा-वृद्धालाई भवन बनाउने व्यक्ति भगवान सरह भएको बताएका छन् । उनले कलाकारहरूलाई पनि नजिकबाट चिनेको र विशेष गरी रचना रिमाललाई ‘वान साईटेड लभ ‘ परेको भन्दै कलाकारहरू सबैको प्रशंसा गर्न चुकेनन्। सो कार्यक्रममा एक दर्जन बढी नेपाली नायकदेखि गायकसम्मको उपस्थिति रहेको थियो ।

जसमा नायकहरू रमित ढुङ्गाना, दिलीप रायमाझी, सन्जीव भण्डारी, नायिकात्रय केकी अधिकारी, वर्षा रावत,वर्षा बस्नेत लगायतका चर्चित अनुहारको उपस्थिति रहेको थियो भने लोक गायक प्रेमराजा महत, गायक – गायिका क्रमशः प्रमोद खरेल , निशान भट्टराई, रचना रिमाल, अस्मिता अधिकारी , प्रवीण वेडवाल , नृत्यकार करिष्मा ढकाल , शंकर विसी , मोडल ऋचा थापा लगायतको उपस्थिति रहेको थियो। साथै, भ्वाइस अफ नेपाल बाट उदाएकी नवगायिका सन्जु मोक्तानले ” लाखौं हजार …..” बाेलेकाे गीत गाउदा दर्शकहरूले औधि रूचाएका थिए । ।

त्यस्तै, ३ दशक भन्दा अघिको निकै पुरानो लोकप्रिय गीत ” बाँझो खेतमा छड्के सलाम छ ‘…. गाएर लाेकगायक प्रेमराजा महतले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने उनले “पानको पात …’ बाेलकाे गीत पस्किरहदा मुख्यमन्त्री राजेन्द्र राईसँगै नायिकाहरू केकी अधिकारी, वर्षा रावत र वर्षा बस्नेत , हाँस्यकलाकार सन्दीप क्षेत्रीले कम्मर मर्काई -मर्काई नाँचेका थिए ।

ईन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित कार्यक्रममा झापा र मोरङका भुटानी शरणार्थी शिविरमा रहेका सबै वृद्ध- वृद्धालाई ५ हजारका दरले मासिक भत्ता आजीवन उपलव्ध गराउने सोहि अवसरमा फाउण्डेशनका अध्यक्ष डिल्लीराम अधिकारीले जनाएका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes