संसेवन सहकारीको स्थापना दिवसमा रक्तदान - Pahilo Online

संसेवन सहकारीको स्थापना दिवसमा रक्तदान

writer

पहिलो अनलाइन

लेटाङ । लेटाङ ४ स्थित संसेवन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। बुधबार संसेवनले आफ्नो स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रममा ६६ पिन्ट रगत संकलन भएको छ ।

पूर्वी नेपालमा भएको रगतको अभाव पूर्ति गर्न सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको संस्थाका सदस्य एवं कार्यक्रम संयोजक डम्बर राईले जानकारी दिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगर उप–प्रमुख कृष्णकुमारी पोखरेल निरौलाले सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सदस्यहरुलाई सचेत र सक्रिय बनाउनु पर्नेमा जोड दिइन् । सहकारी संस्था शेयर सदस्यहरु सक्रिय नबनेसम्म सहकारी व्यवसाय प्रभावकारी नहुने भएकाले सदस्यहरुलाई कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषयमा सञ्चालकहरु सचेत हुनु पर्ने उनको भनाइ थियो । सहकारी ऐनले सदस्यहरुलाई एउटा विषयको एउटा सहकारी रोज्नु पर्ने व्यवस्था गरेको भन्दै उनले सहकारीका सबै सदस्यले रोज्ने खालको सहकारी बनाउन आवश्यक विषयमा ध्यान दिन आग्रह गरिन् । उप–प्रमुख निरौलाले रक्तदान जस्तो महान कार्यमा लाग्न आग्रह गरिन् । आफ्नो एक युनिट रगतले कसैको ज्यान जोगिन सक्ने हुनाले रक्तदाता सहभागिलाई आभार समेत प्रकट गरिन् ।

त्यस्तै सहकारीका अध्यक्ष दिलाराम राईले सक्रिय सहभागिताका लागि रक्तदातालाई धन्यवाद व्यक्त गरेका थिए । अध्यक्ष राईले संसेवन सहकारीले पैसा जम्मा गराउने र निकाल्ने काम मात्र नभई सामाजिक उत्तरदायित्व अन्तरगत समाजसेवाका कार्य गरिरहेको जानकारी दिए ।
कार्यक्रममा संसेवनका संस्थापक अध्यक्ष दहशेर राई दिनेश शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संस्थाका सदस्य एवं रक्तदान कार्यक्रम संयोगक डम्बर राईको अध्यक्षता, लेखा समिति सदस्य एकराज अधिकारीको सञ्चालन र संस्थाकी उपाध्यक्ष मीना थापा भट्टराईको स्वागतमा सम्पन्न भएको थियो ।

२०६३ सालमा स्थापना भई २ हजार ७२ जना शेयर सदस्य रहेको संसेवन बचत तथा ऋण सहकारी संस्थामा १ करोड ६९ लाख ४३ हजार ६०० रुपैया शेयर पुँजी रहेको सचिव गोपाल शर्मा चौलागाईले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes