जहदा भेट्रानस गोल्डकपः विर्तामोड सेमिफाइनलमा प्रवेश - Pahilo Online

जहदा भेट्रानस गोल्डकपः विर्तामोड सेमिफाइनलमा प्रवेश

writer

पहिलो अनलाइन

जहदा । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको तेस्रो दिनको खेलमा विर्तामोड भेट्रानस एफसी विजय हुर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा दमक लखनपुर भेट्रानस एफसीलाई शून्यको विरुद्ध १ गोलको अन्तरले विजय हुर्दै विर्तामोड सेमिफाइनलमा पुगेको हो ।

खेलको पहिलो हाफमा कुनै गोल हुन सकेन । विर्तामोड भेट्रानस एफसीका तोयाराम भुजेलले दोस्रो हाफको ६ औं मिनेटमा लगाएको १ गोल नै निर्णायक बनेको थियो । दोस्रो हाफको २२ औं मिनेटमा विपक्षी टिमको खेलाडीलाई आफ्नो डिएरियाको लाइनमा लडाएपछि विर्तामोड भेट्रानस एफसीका रविन कन्दङ्वाले रेग कार्ड पाएका थिए ।

खेलको म्यान अफ द म्याच विर्तामोड भेट्रानस एफसीका तोयाराम भुजेल घोषित हुर्दै ट्रफी, मेडल र नगद १५ सय प्राप्त गरेका थिए । भोली बुधबारको खेल अभिषेक चर्च राझर नवलपरासी र हाम्रो इटहरी भेट्रानस एफसी विच खेल हुने खेल आयोजक समितिका संयोजक डेनिम राईले बताए ।

जहदा भेट्रानस क्लबको आयोजना र नव प्रगतीशिल समाज सेवा क्लबको संरक्षकमा आयोजना भएको हो । खेलमा ८ भेट्रानस टिम सहभागी भएका छन् । अभिषेक चर्च राझर नवलपरासी भेट्रानस एफसी, हाम्रो धरान भेट्रानस एफसी, हाम्रो इटहरी भेट्रानस एफसी, मर्निङ भेट्रानस विराटनगर, विर्तामोड भेट्रानस एफसी, एभरेष्ट भेट्रानस मोरङ, दमक लखनपुर भेट्रानस एफसी र जहदा भेट्रानस एफसी टिम रहेको छ । प्रतियोगितामा विजेत टिमले १ लाख,११ ह्जार १ सय ११ रुपैया, ट्रफी,मेडल र प्रमाण पत्र र उपविजेताले ६५ हजार,५ सय ५५ रुपैया, ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएका छन् । प्रत्येक खेलमा म्यान अफ द म्याच बापत पुरस्कार २५ सय र ट्रफी प्रदान गरिने भएको छ ।

म्यान अफ द सेरिज १ जनालाई ५ हजार, वेष्ट डिफेण्ड, वेष्ट गोलरक्षक, वेष्ट मिडफिल्डर र वेष्ट फरवाडलाई २५ सय, वेष्ट प्लेयर एक जनालाई ५ हजार सहित ट्रफीको पुरस्कारले खेल समापनको दिन सम्मान गर्ने भेट्रानस खेलाडी तथा ५ नम्बर वडाध्यक्ष चरण गुरुङले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes