महिला जागृति सामुदायिक वनद्वारा उपभोक्तालाई अचार बनाउने तालिम - Pahilo Online

महिला जागृति सामुदायिक वनद्वारा उपभोक्तालाई अचार बनाउने तालिम

writer

रामकुमारी राई

शनिश्चरे । विपन्न उपभोक्ताहरुलाई आयआर्जन तथा व्यवसायमा आकर्षित गराउने उद्देश्यले पथरीशनिश्चरे–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले अचार बनाउने तालिम सञ्चालन गरेको छ । छ दिनसम्म सञ्चालन भएको तालिमको आज (मंगलबार) समापन भएको हो ।

घर वरपर सहजै पाईने कागती, मुला, काक्रो, करेला, बाँसको तामा, गाजर लगायतका आचार बनाउने तालिम दिइएको समूहकी अध्यक्ष चन्द्रकला चेम्जोङले जानकारी दिइन् । समुहका विपन्न उपभोक्ताहरुलाई छ दिनसम्म दिइएको तालिमले उनीहरुले अचार बनाउन सिकेको चेम्जोङले बताइन् ।

तालिममा आफ्नै हातले अचार बनाउने अभ्यास गरिएकाले घरमै अव जुनसुकै प्रकारको पनि अचार बनाउन सक्ने भएको सहभागिहरुले बताएका छन् । तालिममा स्वादका लागि विभिन्न खालका मसलाको मात्रा राख्ने तरिका, अचारका लागि तरकारीको कटान गर्ने तरिका, अचारको गुण गुम्न नदिन अपनाउने तरिकाका बारेमा समेत सिकाइएकाले सहभागिहरुले यसलाई व्यवसायिक रुपमा समेत सञ्चालन गर्न सक्षम भएको प्रशिक्षक मुना पाण्डेले जानकारी दिइन् । उनले तालिम सिकेका उपभोक्ताहरुलाई व्यवसायिक बन्न सुझाइन् ।

तालिम समापन कार्यक्रममा बोल्दै पथरीशनिश्चरे वडा नं. ४ वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले तालिम पश्चात महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न चाहे वडाको तर्फबाट आवश्यक सहयोग समेत गर्ने बताए । अहिले सीप नभएर धेरै महिलाहरु खाली हात बस्नुपरेको भन्दै वडाध्यक्ष भण्डारीले सीप सिकेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गर्न सुझाएका थिए ।

उक्त तालिम समापन कार्यक्रममा सव डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख तुलसीलाल यादवले उपभोक्ताहरुका लागि तालिमले आय आर्जन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । यादवले सिकेको सिपलाई ब्यबहारमा खरो उतारेर ब्यबसायिक बन्न तालिमका सहभागीहरुलाई आग्रह गरे । कार्यक्रममा संयुक्त वडा स्तरीय महिला समितिकी कोषाध्यक्ष फुलमाया तामाङले सहभागीहरुले सिकेको सिपलाई ब्यहारमा प्रयोग गर्दे सके ब्यबसायीक बन्नुपर्ने नसके आफुले खाने अचार आफैले बनाएर खानुपर्ने बताइन् ।

महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको अचार बनाउने सिपमूलक तालिममा ५० जनाको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes