एकीकृत अखिल नेपाल शिक्षक संगठन पथरीशनिश्चरेको अध्यक्षमा उपेन्द्र - Pahilo Online

एकीकृत अखिल नेपाल शिक्षक संगठन पथरीशनिश्चरेको अध्यक्षमा उपेन्द्र

writer

पहिलो अनलाइन

पथरी । माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन पथरीशनिश्चरेको अधिवेशनबाट उपेन्द्र बस्नेत अध्यक्षमा निर्विरोध चयन भएका छन् । आज (शनिबार) माओवादी केन्द्र नगर पार्टी कार्यालयमा सम्पन्न नगर अधिवेशनले बस्नेतको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरेको हो ।

अधिवेशनबाट संगठनको वरिष्ठ उपाध्यक्षमा धनश्याम ढकाल, महिला उपाध्यक्षमा रामकुमारी राई, उपाध्यक्षमा सुरेश कटुवाल, सचिवमा नरेन्द्र घिसिङलाई चयन भएका हुन् । नगर कमिटीको सह–सचिवमा सन्त राई र कोषाध्यक्षमा भुपाल ठटाललाई चयन गरिएको छ । यसैगरी, सदस्यहरुमा डिना लिम्बू, विष्णुप्रसाद पोखरेल, मनिषा कटुवाल, लालबहादुर कटुवाल, तिलबहादुर जोगी, गणेश विष्ट रहेका छन् । यस्तै, भक्ति रेग्मी, राजकुमार सोल, यादव घिमिरे रहेका छन् । अन्य ६ जना सदस्य भने पछि मनोनित गरिने बताइएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य एवं माओवादी केन्द्र जिल्ला सह–ईञ्चार्ज कुशल लिम्बु, संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, शिक्षक महासंघका केन्द्रीय उप–महासचिव दिनानाथ तिम्सिना, संगठनको प्रदेश सचिव भुमिका मगरलगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

1 thought on “एकीकृत अखिल नेपाल शिक्षक संगठन पथरीशनिश्चरेको अध्यक्षमा उपेन्द्र

  1. सबैलाई बधाई एवं सफल कार्यकालको शुभकामना !!

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes