पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आज भएको खेलमा पथरी एफ.सी. विजयी - Pahilo Online

पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आज भएको खेलमा पथरी एफ.सी. विजयी

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे–१० मा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आज भएको खेलमा पथरी एफ.सी. विजयी भएको छ । टाइब्रेकरमा पथरीले लेटाङसँग ३–० को जित निकालेको हो ।

पथरीशनिश्चरे–१० को प्रस्तावित रंगशालामा भएको खेलमा दुवै टिमले गोल रहित बराबारी खेलेपछि टाइब्रेकरमा पुगेको थियो । पथरीका लागि साइमन लिम्बु, निरज परियार, युगेश तामाङले गोल गरेका थिए भने मन्जिल खड्काको प्रहार लेटाङ एफ.सी.का गोल किपरले रोकेका थिए । यस्तै लेटाङका सुमन चाम्लिङ, यमन मगर, सन्दिप मगरको प्रहार पथरीका गोलकिपरले विपल तुल्याए ।

खेलको म्यान अफ द म्याच पथरीका एफ.सी.का गोलकिपर मनोज गुरुङ घोषित भए । उनलाई पथरीका समाजसेवीद्वय प्रदिपकुमार राई र कुलबहादुर गुरुङले नगद रु. २५ सय र ट्रफी प्रदान गरेका थिए । थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल लेटाङ फुटबल क्लब र पथरी फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थक्लुङ लिम्बुले जानकारी गराए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes