साना किसानद्वारा किसानलाई अभिमुखीकरण तालिम - Pahilo Online

साना किसानद्वारा किसानलाई अभिमुखीकरण तालिम

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङको पथरीशनिश्चरे–९ स्थित महेन्द्रचौक साना किसान कृषि उत्पादन समूहले रासायनिक मल न्युनिकरण, प्राङ्गारिक खेति प्रबर्धन तथा पशुपंक्षी पालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

समूहका अध्यक्ष डिल्लिराम भट्टट्टाईको सभापतित्वमा बुधबार भएको कार्यक्रम नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दाहाल, कृषि शाखा प्रमुख टिका राई, प्रविधिक जगनाथ आचार्य लगायतले उपस्थित किसानहरुलाई तालिम दिएका थिए ।
पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, संविधान सभा सदस्य चण्डीप्रसाद राई लगायतले कृषि तथा पशुपंक्षी प्रवर्धन बारे मन्तब्य राखेका थिए । नगरप्रमुख दिलिपकुमार राईले नगरलाई कृषि सम्बन्धी नमुना बनाउन लाग्नुपर्ने बताए । कार्यक्रममा कृषकहरुको सहभागिता रहेको थियो ।


पथरीशनिश्चरे नगरपालिका अर्गानिक नगर बनाउने अभियानमा लागेको छ । जैविक मल पूर्ण रुपमा विस्थापित गर्न प्राङ्गारिक मल उत्पादन हुँदै आएको छ ।
नगरपालिकाले नगरका बास्तविक किसान पत्ता लगाउन जनगणना सञ्चालन गर्दैछ । २ नम्बर वडाबाट बास्तविक किसान पत्ता लगाएर कार्यक्रम सञ्चालन हुने नगरको योजना अघि सारेको छ ।

एप मार्फत कृषकले लगाएको बाली तथा पशुपंक्षीको समस्याको सूचना दिने डिजिटल कृषि सेवा केन्द्र समेत स्थापित भएको छ । जियो कृषि नामको एपबाट बिभिन्न बाली तथा पशुपंक्षीमा हुने समस्या कृषिकलाई जानकारी दिने कार्यक्रम १ नम्बर प्रदेशमै पहिलो भएको पशुपंक्षी शाखाको प्रमुख हेमचन्द्र दाहालले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes