केराबारीमा कार्तिक ८ देखि राजु सोदेन स्मृति कप प्रतियोगिता - Pahilo Online

केराबारीमा कार्तिक ८ देखि राजु सोदेन स्मृति कप प्रतियोगिता

writer

पहिलो अनलाइन

केराबारी । मोरङको केराबारीमा आगामी कार्तिक ८ गतेदेखि प्रथम राजु सोदेन स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘केराबारीका युवाहरुको सान, खेलकुदमा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कात्तिक ८ गतेदेखि १५ गतेसम्म स्मृति कप आयोजना हुन लागेको हो ।

केराबारी खेलकुद विकास समितिका सचिव तथा खेलकुदकर्मी विभिन्न संघसंस्थामा आवद्ध स्वःराजु सोदेनको स्मृतिमा प्रथम राजु सोदेन स्मृति कप फूटबल प्रतियोगिता २०७८ आयोजना गरिन लागेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

खेलकुदको माध्यमबाट केराबारीलाई चिनाउन , खेलाडीहरुको हौसला प्रदान गर्न र खेलकुद क्षेत्रको विकासमा टेवा पुर्याउन प्रतियोगिता गराइन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिता केराबारीको प्रस्तावित रंगशालामा कार्तिक ८ देखि १५ सम्म संञ्चालन हुने र सो प्रतियोगितामा प्रदेश नं.१ स्तरीय खेलाडीहरुको सहभागितामा झापा, मोरङ, सुनसरी र उदयपुर सहित विभिन्न ८ ओटा टिम विच प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा अनिल ठकुरीले जानकारी दिएका छन् । जसमा बसाहा फुटबल क्लब उदयपुर, झापा फुटबल क्लब झापा, विराटनगर स्पोर्टस एकेडेमी मोरङ, टेन नवोदय फुटबल क्लब पथरी, केराबारी फुटबल क्लब आयोजक, फेयर फुटबल क्लब धरान, इटहरी फुटबल क्लब सुनसरी र लेटाङ फुटबल क्लब रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिनेछ । प्रतियोगिताका लागि प्रथम पुरस्कार प्रायोजन स्व। राजु सोदेनको हितेसी साथीहरु विराटचौकबाट भएको छ भने दोस्रो पुरस्कार केराबारी–३ का जोगेन्द्र फागो लिम्बुले प्रायोजन गरेका छन् ।

खेलकुद क्षेत्रको विकासमा लामो समयदेखि क्रियाशिल रही केराबारी खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका सोदेनको २०७६ माघ २८ गते निधन भएको थियो । सोदेनको स्मृतिमा केही गर्नुपर्छ भन्ने सोचेर स्थानीय युवाहरुको व्यवस्थापनमा प्रतियोगिता गराउन लागेको खेल मुल आयोजक समितिका सचिव विमल चेम्जोङले बताए ।

यसैगरी प्रतियोगितामा प्रायोजकहरू केराबारी गाउँपालिका खेलकुद विकास समिति, कृष्ण क्रसर उद्योग केराबारी–८, शिवम् क्रसर उद्योग केराबारी–८, महादेव क्रसर उद्योग केराबारी–८, कमल तामाङ, रविन लिबाङ एवं समस्त लिबाङ परिवार केराबारी–१० –हाल हङकङ० रहेका छन् । सह–प्रायोजकहरु रोहित बहादुर कार्की केराबारी–८, लोकमान चेम्जो– केराबारी–१० ९हाल हङकङ०, स्व। राजु सोदेन परिवार, सुमन मगर केराबारी–१० रहेका छन् ।

खेलको संरक्षक केराबारी गाउँपालिका खेलकुद विकास समितिले गर्ने र प्रतियोगिताको अनुमानित खर्च १५ लाख लाग्ने मूल आयोजक समिति केराबारीका सचिव बिमल चेम्जोङले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes