कानेपोखरी बी.एन.वी. कन्ट्रक्सनद्वारा पत्रकारको लागि फुटबल र जर्सी प्रदान - Pahilo Online

कानेपोखरी बी.एन.वी. कन्ट्रक्सनद्वारा पत्रकारको लागि फुटबल र जर्सी प्रदान

writer

पहिलो अनलाइन

पथरी । मोरङको कानेपोखरी बी.एन.वी कन्ट्रक्सन प्रा.ली.ले पत्रकारहरुको लागि फुटबल र जर्सी सेट प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरीलाई कन्ट्रक्सन सञ्चालक तथा राजनीतिक सामाजिक ब्यक्तित्व भुपाल श्रेष्ठले खेल सामग्री प्रदान गरेका हुन् । बेला बेलामा हुने प्रदशर्नी तथा मिडिया कप प्रतियोगिताको लागि एउटा फुटबल र १५ सेट जर्सी प्रदान गरेका हुन् ।

श्रेष्ठ कानेपोखरी बी.एन.वी कन्ट्रक्सन प्रा.ली.सञ्चालकको साथै मदन भण्डारी स्पोर्ट ऐकेडेमी मोरङका अध्यक्ष तथा एमाले सम्बद्ध युवा संगठन युवा संघ नेपालको केन्द्रीय सदस्य हुन् । खेल सामग्री हस्तान्तरण गर्दै श्रेष्ठले पत्रकारहरुले चाहेमा अझ खेल सामग्री उपलब्ध गराउन र मडिया कप फुटबल प्रतियोगिता गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
खेल सामग्री नेपाल पत्रकार महासंघ पूर्ब केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, पूर्ब मोरङ जिल्ला सहसचिव सुन्तोष राई, दिनेश सुब्बा लगायतका पत्रकारहरुलाई हस्तान्तरण गरेका हुन् ।

पत्रकारवीचको मैत्रीपूर्ण फुटबल खेलमा उर्लाबारीको जित
मोरङको बेलबारीमा सोमबार भएको पत्रकारहरुबीचको मैत्रीपूर्ण खेलमा सञ्चार क्लब उर्लाबारी बिजयी भएको छ ।
नेपाल पत्रकार महासंघ पथरी सम्पर्क कार्यालयसँग भएको खेलमा ६—१ गोल अन्तरले उर्लाबारी बिजयी भएको हो ।
सञ्चार क्लबको तर्फबाट उर्लाबारी र बिराटनगरका पत्रकारहरु थिए भने पत्रकार महासंघ पथरी सम्पर्क कार्यायको तर्फबाट पथरी र बेलबारीका पत्रकारहरु मैदानमा उत्रिएका थिए ।

उर्लाबारी र बिराटनगरको तर्फबाट सञ्चार क्लबको अध्यक्ष नबराज भट्टराई, पूर्ब अध्यक्ष सरोज बस्नेत, गोपाल पोख्रेल, अनिल श्रेष्ठ लगायतका पत्रकारहरु मैदानमा उत्रिएका थिए ।
पथरी—बेलबारीको तर्फबाट फोनिज प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई, पत्रकार महासंघ केन्द्रीय पार्षद भक्तशेर लिम्बू, मोरङ जिल्ला उपाध्यक्ष मोहन भट्टराई, सन्तोष राई, दिनेश सुब्बा, किसन शाही, एलिना दियाली, अर्जुन राई (कुलुङ) लगायतका पत्रकारहरु मैदानमा उत्रिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजिव खनाल, सचिव नेत्र पी अधिकारी, प्रेस युनियनको मोरङ जिल्ला अध्यक्ष भोजराज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes