माओवादी केन्द्र पथरीशनिश्चरे ४ को संयोजकमा धनपाल - Pahilo Online

माओवादी केन्द्र पथरीशनिश्चरे ४ को संयोजकमा धनपाल

writer

पहिलो अनलाइन

शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ४ को सम्मेलन आयोजक कमिटिको संयोजकमा धनपाल याख्खा चयन भएका छन् । आज (शनिबार) सम्पन्न वडा भेलाले याख्खाको संयोजकत्वमा ३३ सदस्यीय वडा सम्मेलन आयोजक कमिटि गठन गरेको हो ।

पथरीशनिश्चरे वडा नं. ४ स्थित सम्झना चौकको चन्द्रमा युवा क्लबको सभाहलमा राष्ट्रिय सभा सदस्य, माओवादी केन्द्रीय सदस्य एवं जिल्ला ईञ्चार्ज गोपी अछामीको प्रमुख आतिथ्यमा सम्पन्न अगुवा कार्यकर्ता भेला सम्पन्न भएको थियो । वडा सम्मेलन आयोजक कमिटिको सदस्यहरुमा खेमनाथ गौतम (शहिद परिवार), राजकुमार विश्वकर्मा, पुष्पकुमार राई, सावित्रा भण्डारी, मैया घतानी, टिकाराम दर्जी, एगेन्द्र दर्जी, वीरबहादुर कार्की, अरुण राई, तिलबहादुर अछामी, जानुका श्रेष्ठ, श्रीकुमार राई, नारायण दाहाल, कुमार भुजेल, धनकुमार लिम्बु, विशाल बर्देवा, गोपाल ठटाल, गंगामाया सांवा, भागवत पासवान रहेका छन् । यस्तै, जसबहादुर कुलुङ, मानबहादुर दर्जी, लक्ष्मिकुमारी भट्टराई, ज्ञानु मगर, रविन मगर, महेन्द्रप्रसाद तिम्सिना, हिमादेवी बस्नेत, राम विश्वकर्मा, तेजबहादुर जोगी, पूर्णबहादुर राई, निलराज गिरी, मनिता राई, मनिकुमार राई, भोजकुमार पौडेली, शुशिला बस्नेत रहेका छन् ।

भेलाबाट भविन्द्रकुमार थापा, तुलसीप्रसाद भट्टराई, योगराज पौडेल, आनन्दप्रसाद घिमिरे, सन्तोष पोखरेल, रामकुमारी राई, यादव घिमिरे, लालबहादुर बलम्पाकी मगर, डिल्ली गौतम, अम्बिका लामिछाने, अष्टमान राई, यज्ञप्रसाद पोखरेल, देबेन्द्र बस्नेत रहेको सल्लाहकार समिति समेत चयन भएको छ ।

पूर्व वडा पार्टी संयोजक गंगा सांवाको अध्यक्षतामा भएको कार्यक्रममा भविन्द्रकुमार थापाले स्वागत गरेका थिए । विक्रम लिम्बुले सञ्चालन गरेको कार्यक्रमको औचित्य ध्रुवकुमार बराइलीले प्रष्ट्याएका थिए । कार्यक्रममा जिल्ला ईञ्चार्ज गोपी अछामी, संविधान सभा सदस्य एव्ं माओवादी प्रदेश सदस्य लालबहादुर सुस्लिङ, जिल्ला सचिवालय सदस्य दिनानाथ तिम्सिना, जिल्ला सदस्य बालकुमार मगर, नगर कमिटि कार्यवाहक अध्यक्ष प्रेम ढकाल, संसदीय दलको नेता एवं नगर पार्टी कार्यालय सदस्य गोविन्दबहादुर भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जहरमान लिम्बू, नगर पार्टी उपाध्यक्ष राधिका गौतम, सचिव मोहन लिम्बु, सह–सचिव मान दियालीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes