पथरीशनिश्चरे ४ मा ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम नगरकै पहिलो - Pahilo Online

पथरीशनिश्चरे ४ मा ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम नगरकै पहिलो

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ मा आज ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम अन्तरगत अन्तरक्रिया सम्पन्न भएको छ ।

वडा कार्यालयको सहयोगमा भूल्के मिडिया प्रालिले आयोजना गरेको कार्यक्रममा वडावासीका तर्फबाट प्रतिनिधिमुलक रुपमा सामाजिक अगुवाहरुले वडाले गरेका कामको समीक्षा गर्दै वडाध्यक्ष सहित वडा समितिलाई कामकारवाही थप व्यवस्थित गर्न सुझाव, सल्लाह दिनुभएको थियो ।

कार्यक्रममा वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले वडाको क्षमताले भ्याएसम्म आफुहरुले वडाको विकास र वडावासीको सेवामा सधैं खटिरहेको जनाउँदै आफ्ना काम कारबाहीलाई थप व्यवस्थित बनाउन वडावासीको सल्लाह र सुझावलाई सिरोधार्य गर्ने जवाफ दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, शिक्षासेवी रामप्रसाद न्यौपाने सहितले मन्तव्य व्यक्त गर्नुभयो । ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम नगरकै यो पहिलो कार्यक्रम हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes