शंकर सहकारी संस्थाद्वारा अशक्त ३२ जनालाई आर्थिक सहयोग - Pahilo Online

शंकर सहकारी संस्थाद्वारा अशक्त ३२ जनालाई आर्थिक सहयोग

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे १ मा स्थापित शंकर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठौ वार्षिक साधारण सभामा विपन्न, अशक्त ३२ जनालाई सहयोग प्रदान गरेको छ ।

सुक्रबार भएको साधारण सभामा मनमाया लिम्बू, सुर्यभक्त गुरुङ, जितबहादुर मगर, नगरमाया जोगि लगायत ३२ जनालाई जनही एकह हजारको दरले सहयोग प्रदान गरिएको संस्थाको अध्यक्ष प्रदिपकुमार राईले बताए ।

पथरीमा रहेका पिन्न, अशक्तहरुलाई थोरै भएपनि सहयोग गर्ने संस्थाको नीति अनुसार नगद प्रदान गरिएको राईले बताए ।
तीन सय शेयर सदस्य रहेको शंकर सहकारी संस्थाको अध्यक्ष प्रदिपकुमार राईको सभापतित्वमा नगरको सहकारी विभाग अधिकृत कमलादेवि धमलाको प्रमुख अतिथ्यमा समापन भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes