हरियाली सामुदायिक वनको १६औं साधारणसभामा पत्रकारलाई सम्मान - Pahilo Online

हरियाली सामुदायिक वनको १६औं साधारणसभामा पत्रकारलाई सम्मान

writer

पहिलो अनलाइन

पथरी । दुई पत्रकार सहित नौ जनालाई सम्माण गर्दै मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले सुक्रबार १६ र्औ बार्षिक साधारण सभा समापन गरेको छ । समूहले पत्रकार प्राइम टेलिभिजनका समाचारदाता कुमार खड्का र क्रेजी साप्ताहिक पत्रिकामा कार्यरत ईश्वर दुलाललाई सम्माण पत्र र मायाको चिनोले सम्माण गरेको हो ।

त्यसैगरी संस्थाको पूर्व पदाधिकारी सदस्यहरु रोहित बास्तोला, कुमारी साही, चन्द्रकला गुरुङ, खड्गप्रसाद राई, टंकप्रसाद घिमिरे, कृष्णप्रसाद घिमिरे र भक्तबहादुर लकान्द्रीलाई सम्माण गरेको हो ।
समूहका अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरका प्रवक्ता यामप्रसाद गुरागाई, वैज्ञानिक वन सञ्जालका केन्द्रीय उपाध्यक्ष दिलराम राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, हरियाली वन कम्पनीका अध्यक्ष अशोक साम्पाङ राई संस्थाको लेखा परीक्षण गर्दै आएका सीए एकराज सिग्देल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष काबुलबहादुर मगर, आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिलबहादुर तामाङ र लेखा समितिको प्रतिवेदन संयोजक रमेश दाहालले प्रस्तुत गरेका थिए ।
हरियाली वन वन ब्याबस्थापनमा नेपालकै प्रथम हुनुको साथै समूहका अध्यक्ष काबुलबहादुर मगर वन क्षेत्रको राष्ट्रिय अभियान्ताको रुपमा सरकारी निकायबाट सम्माणित पुरस्कृत भएका ब्यक्ति हुन् ।

सामुदायिक वनले करिव तीन सय क्षमताको एसीसहितको सभा हल निर्माण गरेका छन भने ५० करोड बढीको योजनामा पर्य पर्यटन क्षेत्रको रुपमा बिकास भइरहेको छ । जसको लागि उपभोक्तहरुबाटै पब्लिक कम्पनी दर्ता गरेर काम सुरु भइसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes