व्यवसायी र म - Pahilo Online

व्यवसायी र म

writer

उपेन्द्रकुमार राय

उपेन्द्रकुमार राय

कविता

तिमी व्यवसायिक समूह बनाऊ
म सामाजिक समूह बनाउँछु ।
तिमी मुनाफा कमाऊ
म समाजसेवा गर्छु ।

तिमी आफुलाई केन्द्र बनाऊ
म सबैको हित चाहन्छु ।
तिमी गुट बनाऊ
म पार्टी बनाउँछु ।

तिमी गुटलाई बलियो बनाऊ
म पार्टीलाई बलियो बनाउँछु ।
तिमी आफ्नो प्रचारमा रमाऊ
म सिद्धान्तको प्रचारमा लाग्छु ।

परिणाम,

तिमी चाहेको प्राप्त गर्नेछौ
म केही पनि पाउने छुइन ।
तिमी प्राप्त गरपनि हार्नेछौ
म केही नपाएर पनि जित्नेछु ।
बुढीगँगा–५, हात्तीमुडा मोरङ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes