सनराइज युनाईटेड लेटाङ्ग २-० गोलले विजयी ! - Pahilo Online

सनराइज युनाईटेड लेटाङ्ग २-० गोलले विजयी !

writer

पहिलो अनलाइन

लेटाङ्ग । स्थानीयस्तरमा खेलकुदको विकास गर्ने र स्थानीय प्रतिभा पहिचान गर्ने उद्देश्यले लेटाङ –९ बाह्रगोठेमामा जारी नक आउट फुटबल प्रतियोगितामा आज भएको उद्घाटन खेलमा सनराइज युनाइटेड कमलपुर लेटाङ्ग ले तिल्केनी युवा क्लब मिक्लाजुङ्गलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
खेलको २७ औं मिनेटमा पाएको फ्री किक लाइ सहि सदुपयोग गर्दै युनाइटेड को तर्फबाट जर्सी न ३ का अनिमेश श्रेष्ठले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ४५औं मिनेटमा तिल्केनीका खेलाडीको डि बक्स भित्र हेन्ड बल भएपछि पेनाल्टी पाएको युनाइटेडले अर्को सहि सदुपयोग गर्दै जर्सी न ४ का बिवस मगरले गोल गरेका थिए । तिल्केनीका खेलाडीहरुले पनि धेरै राम्रा राम्रा अवसर पाएता पनि बलले जाली चुम्न नस्क्दा २-० गोल अन्तरको हार बेहोर्नु परेको हो ।
उक्त प्रतियोगिताको उद्घाटन लेटाङ नपा ९ का वडाध्यक्ष कृष्ण लुइँटेलको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगितालाई लेटाङ वडा नं. ९, लेटाङ नगरपालिका र कोपिला सामुदायिक वन उपभोक्ता समूहले प्रायोजन गरेका छन् । जम्मा १६ टिमले सहभागिता जनाउने उक्त प्रतियोगिताको फाइनल असोज २६ गते सप्तमीको दिन हुने जनाइएको छ ।
प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार रुपैयाँ र उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँ साथमा ट्रफि, मेडल प्रदान गरिने आयोजक बाह्रगोठे युवा क्लबका अध्यक्ष पूर्ण विश्वकर्माले जानकारी दिए । भोलीको खेल कान्छी चोक युवा क्लब उर्लाबारी र लाफा क्लब लेटाङ्ग बिच मिक्लाजुङ्ग ५ धानखेती चन्द्रमा बिद्यालय को खेल मैदानमा ठिक ३:०० बजे हुने उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes