माओवादी परित्याग गरी एमालेमा प्रवेश - Pahilo Online

माओवादी परित्याग गरी एमालेमा प्रवेश

writer

पहिलो अनलाइन

कानेपोखरी । मोरङको कानेपोखरीमा नेकपा(माओवादी) केन्द्र परित्याग गर्दै दर्जन बढी कार्यकर्ता नेकापा एमालेमा प्रवेश गरेका छन् ।

शनिबार नेकापा एमाले कानेपोखरी ४ नम्बर वडा कमिटीको विस्तारित बैठकमा नारायण चोक, नर्सरी टोल,मिलन चोक, पिङ्डाँडा, हस्तिनापुरका दुई दर्जन माओवादी कार्यकताहरु एमालेमा प्रवेश भएको हो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले खदा ओढाएर स्वागत गरेका थिए ।

उदिप लिम्बुको नेतृत्वमा चमक बहादुर कार्की, यामबहादुर कार्की, राम बहादुर खड्का, भादुलाल चौधरी, कमला मगर, ज्ञान बहादुर मगर, सिचाई माझी, इन्दिरा राई९गीता०, सुनिल लिम्बु, सुरेश गुरुङ, खम्बरसिंह कटुवाल, लक्षमण कार्की, गंगा मगर, पदम कटुवाल, मन कुमारी माझी, फुलमाया माझी, सन्तकुमार राजबंशी, बालकृष्ण घोरसाई, विरवहादुर बम्जन, विमला कटुवाल गलाएत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश १ सदस्य डिपी राई, विषेश अतिथि क्षेत्र नं। ३ ख, का सांसद तथा पूर्व राज्य मन्त्री राजकुमार ओझा, अतिथि एमाले जिल्ला कमिटि सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, एमाले जिल्ला सदस्य भोला अधिकारी, गाउँ कमिटि सहसंयोजक सुशिल बुढाथोकी, एमाले कानेपोखरी गाउँकमिटि अध्यक्ष दानबहादुर बस्नेत र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवलाय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष नविन पौडेल, राष्ट्रिय खेलकुद महासंघ केन्द्रिय सदस्य तथा वडा नं। ६ का अध्यक्ष कुमार फुयल, अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटि अध्यक्ष मुना श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँकमिटिका संयोजक अशोक फुयल लगाएतले स्वागत गरेका थिए ।

यस अघि नेपाल कम्युनिष्ट९नेकपा०पार्टी बाट एमले र माओवादी अलग हुदा गाउँ कमिटिमा जिम्मेवार प्राप्त गरेका चित्रबहादुर राई, डम्बर कटुबाल र टेक बहादुर तामाङ भने एमालेमै बसेर पार्टीका गतिविधिहरु गर्दै आएका थिए । टेक बहादुर तामाङ भने गत स्थानीय तहको निर्वाचनमा माओवादी पाटीबाट ४ नं। वडामा वडाध्यक्ष उमेद्वार हुन ।

कार्यक्रममा पार्टी अध्यक्ष दिनेश सुब्बाको अध्यक्षतामा भएको थियो । त्यसैगरी सचिव इश्वरी बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes