अनेमा संघ ५ नम्बर वडा कमिटिमा सृजना चौधरीको नेतृत्व - Pahilo Online

अनेमा संघ ५ नम्बर वडा कमिटिमा सृजना चौधरीको नेतृत्व

writer

पहिलो अनलाइन

कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटिले वडा नं. ५ को वडा कमिटि गठन गरेको छ । शुक्रबार सृजना चौधरीको अध्यक्षतामा ३१ सदस्य वडा कमिटि गठन गरेको हो ।

नव गठित उपाध्यक्षमा लिला ढकाल, सचिवमा सपना पुरी, सहचिवमा तुलसा कार्की र कोषाध्यक्षमा खडक कुमारी थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मि खनाल, टिका प्रधान, अनिता धिमाल, कल्पना लिम्बु, प्रतिमा चौधरी लगाएत छन् । कार्यक्रमको प्रमुख अतिथि एमाले जिल्ला कमिटि सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम रहेका थिए ।

त्यसैगरी अन्य अतिथिहरुमा जिल्ला कमिटि सदस्य भोला अधिकारी, एमाले गाउँ कमिटि सचिव चरण गुरुङ, वडा नंं ५ पार्टी अध्यक्ष युवराज लुईटेल, राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीका संयोजक अशोक फुयल लगाएत अतिथि रहेका थिए । कार्यक्रमको सभाध्यक्ष कमिटिका अध्यक्ष मुना श्रेष्ठले गरेकी थिइन् भने संचालन सचिव खिना दाहालले गरेका थिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes