पथरीशनिश्चरे ४ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन र स्वास्थ्य स्वयंसेविका सम्मान - Pahilo Online

पथरीशनिश्चरे ४ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन र स्वास्थ्य स्वयंसेविका सम्मान

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङको पथरीशनिश्चरे—४ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ ।
संघीय सरकारको योजना र आर्थिक लगानीमा निर्मित भवन शुक्रबार औपचारिक उद्घाटन भएको हो । स्थानीय चन्द्रप्रसाद अधिकारीले दिएको अढाइ कट्ठा जग्गामा भवन निर्माण भएको थियो ।


वडा नम्बर ४ को आयोजनामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राईले स्वास्थ्य केन्द्रलाई जग्गा दाता चन्द्रप्रसाद अधिकारीको लागि १ नम्बर प्रदेशको जुनसुकै अस्पताल जानुपरेमा आजीवन एम्बुलेन्स सेवा निःशुल्क ब्यबस्था गर्ने घोषणा गरे ।
वडा नम्बर ४ का अध्यक्ष गोविन्द भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख यमुना बिष्ट बास्तोला, संविधानसभा सदस्य लालबहादुर सुश्लिङ मगर लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा वडा कार्यालयले जग्गा दाता चन्द्रप्रसाद अधिकारीलाई दोसल्लासहित र स्वास्थ्य स्वयं सेबिका निर्मला भट्टराई, सुकुकुमारी राई, ज्ञानुकुमारी मगरलाई नगदसहित सम्मान पत्रले सम्माण गरिएको थियो । सम्मानित स्वयम् सेविका निर्मला भट्टराईले वडा अध्यक्ष गोबिन्द भण्डारीले आफूहरुलाई भौतिक सम्मान मात्र नभएर आत्मसम्मान गरेको भन्दै प्रसंशा गरिन् ।

आधारभूत स्वास्थ्य केन्द्रमा एक जना अहेब, अनमी र कार्यालय सहयोगीको दरबन्दी हुनु पर्नेमा तत्काल अहेब पिताम्बर थापा मात्र छन् । केन्द्रमा कर्मचारी थप्न वडा अध्यक्ष भण्डारीले माग गरेका छन् । नगरको १० वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes