टांडीको लावाखोला खानेपानीमा विवाद - Pahilo Online

टांडीको लावाखोला खानेपानीमा विवाद

writer

पुजन दास

टांडी । लावाखोला खानेपानी उपभोक्ता समितिको बिवाद चुलिएको छ। समितिको बिधान अनुसार २०७४ बैशाख देखि १ घर १ साधारण सदस्य प्रदान गर्ने ब्यवस्था बमोजिम साबिक टाँडी गा.बि.स. का १ देखि ९ सम्मका वार्डहरुलाई आधार मानी साधारण सदस्यता बितरण गरिएको थियो।

सेवा क्षेत्रमा साबिक मधुमल्ला ४ को बक्राहा, कालिदह, जनजाति टोल, मधुमल्ला ५ को लालमाटि, खाकरबारी र कालिझोडा गरि लगभग १४०० घरधुरी यस खानेपानीको साधारण सदस्य रहेको पुर्व अध्यक्ष तेन्धङ मिभकले बताए । जम्मा कुल लागत ३६ करोड ५२ लाख ९२ हजार दुई सय छैसठ्ठी रुपैया ८४ पैसा प्राबिधिक लागत स्टिमेट रहेको छ। पांच बर्ष वितिसक्दा पनि हाल योजनाको काम भने १० प्रतिशत पनि नभएको स्थानीयवासीको भनाई छ । २०७२ असोज २३ गते प्रारम्भिक सभाबाट भगिरथ अर्यालको संयोजकत्वमा उपाध्यक्ष चन्द्र कुमार लिम्बू महासचिव सुरेश लुईटेल सचिब खगेन्द्र मादेन गरि १३ सदस्यीय समिति गठन गरि लावाखोलाको कामकारबाही अघि बढाए पनि समितिको प्रथम साधारणसभा २०७६ असोज ११,१२ गते देखिनै बिबादास्पद बन्न पुग्यो ।

तत्कालीन अवस्थामा समितिका अध्यक्ष, कोषाध्यक्ष र सह–सचिव बाहेक अन्य पदाधिकारीहरुलाई निर्वाचन अधिकारीहरुबाट आधिकारिक प्रमाणपत्र नदिई अध्यक्ष भगिरथ अर्याललाई खातापाता बुझाई बिदा लिएपछि उक्त समितिमा बिबाद शुरुहुन थालेको जानकारहरु बताउंछन् । त्यहि बिबादको परिघट्ना सँगसँगै समिति भित्र अबिश्वासको वातावरण सृजना हुदा अध्यक्ष भगिरथ अर्यालले पटकपटक पदबाट राजिनामा दिने अभिब्यत्तिm दिईरहदा अन्य पदाधिकारीहरुले अध्यक्षको कार्यशैली माथि प्रश्न गर्दे आर्थिक पारदर्शिता हुनु पर्ने, एकलौटी निर्णयको छानबिन हुनुपर्ने, कोषमा रहेको रकमको स्पष्ट हिसाबकिताब हुनुपर्ने, सापटी दिएको नगद फिर्ता हुनुपर्ने अडान सहित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सहितको भदौ २५ गते शुक्रबारको बैठकले निर्णय लिन नसकेपछि आगामी असोज १ गते बैठक राख्ने निर्णय गरेको छ।

लावाखोला खानेपानी उपभोक्त समितिको साधारणसभामा विभिन्न जालझेल गरि आफु अध्यक्ष हुनु पर्नेमा जोड दिएर उपभोक्तालाई आश्वाशन देखाएर १४ सय घरधुरीबाट असुलिएको पैसा र वडा, प्रदेश, केन्द्र देखि विनियोजन रकमको लेखा जोखा पार्दशिता नगरी आफु राजिनामा दिएर उम्किनु खोजेको आरोप पुर्व अध्यक्ष मिभकले लगाए। ‘दश वर्षे कार्ययोजना भनिएको आज ५ बर्ष पुग्दा पनि १० प्रतिशत काम नभएको र टांडीको विकासको बाधक नेकपाका स्थानीय नेताहरु देबि आचार्य, नगेन्द्र ढुङ्गेल,भगिरथ अर्याल, बुद्धिमान इम्सङ, दिनेश पौडेल , गौरी राई , तेजनाथ घिमिरे, चन्द्र लिम्बू,, याम पोख्रेल, सिङ्गो मिक्लाजुङ र टाडिको बिकासको बाधक हुन्’– मिभकले भने ।

लावाखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष भगिरथ अर्यालले आफू मानसिक रुपमा, शारीरिक रुपमा पहिलो साधारणसभामा अध्यक्ष रहने कुनै तयारी नभएको र तत्कालीन नेकपाका नेताहरुको दवाब कै कारण पनि आफू अध्यक्षको जिम्मेवारी सम्हाल्न नसक्ने अध्यक्ष भगिरथ अर्यालले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes