द्वन्द्व पिडित बेपत्ता दिवसमा विरुवा रोपण - Pahilo Online

द्वन्द्व पिडित बेपत्ता दिवसमा विरुवा रोपण

writer

पहिलो अनलाइन

पथरी । द्वन्द्व पिडित साझा चौतारीले आफन्तको सम्झनामा द्वन्द्व पिडित बेपत्ता दिवसको अवसर पारेर विरुवा रोपण गरेको छ । मोरङको पथरीस्थित हरियाली सामुदायिक वन क्षेत्रमा विभिन्न जातका विरुवा रोपेको हो ।

भदौ १४ गते अर्थात अगस्ट ३० जुन दिन संसारभरका बेपत्ता परिवारले आफन्तको सम्झनामा यो दिवस मनाउने गर्छन् ।
द्वन्द्व पिडित साझा चौतारी मोरङकी संयोजक रिता गिरीले आफुहरुको माग सम्बोधन गर्ने कुरामा सरकारले द्वन्द्वपीडितलाई अल्झाउने काम मात्रै गरिरहेको गुनासो गरिन् । उनले भनिन्, ‘सरकारले नसक्ने भए सकिँदैन भनोस्, हामीलाई सँधैभरी झुलाएर राख्नु भएन, कि त हामीलाई बाँचुञ्जेल भत्ता, छोरा छोरीको लागि शिक्षा–दीक्षा र रोजगारीको व्यवस्था गरोस् ।’

द्वन्द्व प्रभावितलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ पाउन पनि उनीहरुले ठूलै संघर्ष गरेका छन् । पटकपटक गरी १० लाख रुपैयाँ प्राप्त गरे, तर घरको कमाई गर्ने व्यक्ति नै मारिएको र बेपत्ता पारिएपछि दैनिक जीवनयापन नै कष्टकर बनेको उनीहरूको गुनासो छ ।

पीडित परिवारले सरकारले राहत मात्र दिएर आफूहरूको पीडा कम नहुने भन्दै बेपत्ताहरुको अवस्था स्पष्ट पार्नुपर्ने बताउँछन् । द्वन्द्वको समयमा बेपत्ता भएकाहरुको एकीन तथ्यांक संकलन गरी उनीहरुको जानकारी गराउने भन्दै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन ग¥यो । त्यसैको आधारमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ पनि जारी ग¥यो । तर आयोगको काम प्रभावकारी नबन्दा द्वन्द्वको घाउ निको भएको छैन ।

दश वर्षे सशस्त्र द्वन्द्वको समयमा १७ हजार ८ सय २८ नेपालीले ज्यान गुमाएको सन् २०११ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । १ हजार ४ सय ५२ जना बेपत्ता पारिए । झण्डै ९० हजार व्यक्ति विस्थापित भए । अपहरण, श्रीमान् गुमाएका एकल महिला, घाइते, अनाथ बालबालिका, अङ्गभङ्ग हुनेहरू पनि हज्जारौं रहे । द्वन्द्वका बेला महिलाहरुले भोगेको यौनहिंसा, बलात्कार र यातनामा परेकाहरूको त कुनै तथ्याङक नै छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes