पत्रकार विजय खम्बु उपचार कोष स्थापना गरी अभियान थालियो - Pahilo Online

पत्रकार विजय खम्बु उपचार कोष स्थापना गरी अभियान थालियो

writer

पहिलो अनलाइन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा)मा उपचाररत पत्रकार विजय खम्बु ।

पथरी । मोरङ पथरीशनिश्चरे नगरमा रहेर पत्रकारिता गरिरहेका विजय खम्बु जेन्डिसको कारण लिभर(कलेजो)को समस्या, फोक्सो र पेटमा पानी जमेको, मृगौलामा हल्का समस्याको भएको कारण उपचाररत छन् । अहिले अस्पतालको शैयामा छटपटाइरहेका उनलाई बचाउन ‘बिषय खम्बू राई उपचार कोष’ स्थापना गरिएको छ ।

सामाजिक काम गर्न रुचाउने पत्रकार (तिम्मा साप्ताहिक पत्रिकाको प्रकाशक) ३३ बर्षिय बिषय खम्बू राई किरात राई यायोक्खा साविक पथरी इकाई समितिको पूर्ब अध्यक्ष हुन् ।
सुनसरी धरानबाट प्रकाशित औजार दैनिक, झापा बिर्तामोडबाट प्रकाशित प्रतिदिन दैनिकको पथरीमा ब्याबस्थापन र समाचार लेखन गरेका खम्बू जेन्डिसको कारण लिभर(कलेजो)को समस्या, फोक्सो र पेटमा पानी जमेको, मृगौलामा हल्का समस्याको भएको कारण खुट्टा सुन्निएर पीडादायक रुपमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन् । स्वास्थ्य अवस्था निक्कै चिन्ता जनक अवस्था छ ।

बिभिन्न रोगसँग लडिरहेका खम्बू पीडाको कारण हालसम्म मुस्किलले बोल्नसम्म सक्छन् । एक छोरा र दुई छोरी दुःख गरेर हुर्काउदै आएका खम्बूको आर्थिक अभावको कारण उपचार रोकिन सक्ने अवस्था छ ।

उपचार पुगे खम्बू स्वास्थ बनेर परिवार र समाजको लागि खट्न सक्ने भएकोले उपचारको लागि ‘बिषय खम्बू राई उपचार कोष’ स्थापना गरिएको अभियन्ता अर्जुन जम्नेली राईले जानकारी दिए । ‘निरन्तर उपचार गरी ज्यान बचाउन प्रयास भइरहेकोले सहयोग गर्न नगर, प्रदेश, देश, बिदेशमा रहनुभएका ब्यापारी, उद्योगी, ब्यावसायी, शिक्षक, पत्रकार, बुद्धिजिवी, मजदुर, किसान लगायत सम्पूर्णमा आर्थिक सहयोगको अपेक्षा गर्दछौ’– उनले भने ।

सहयोग संकलन सुरु
खम्बूको उपचारको लागि स्वतह स्फूर्त रुपमा समाजसेवी युवा सुमन कुरुङ्बाङ लिम्बूको संयोजनमा शनिबार ५ संकलन भएको छ । सञ्चार क्लब उर्लाबारीका पूर्ब अध्यक्ष स्थापित पत्रकार सरोज बस्नेतबाट ५००० घोषणा भएको छ ।

अभियन्ता अर्जुन जम्नेली राईलाई सहयोग रकम हस्तान्तरण गर्दै सञ्चारकर्मी सुमन कुरङवाङ ।

त्यसैगरी हाल अमेरिकामा रहेका पत्रकार लोकबहादुर चौहान, पथरीको एभरेष्ट बोर्डिङका सञ्चालक रबिन कन्दङ्वा, पथरीका सामाजिक तथा राजनीतिक ब्यक्तित्व रोशन हाङ्बाङ्घ लिम्बू, मनि लुङ्फुङ्वा लिम्बू लगायतले नगद सहयोगको घोषणा गरेका छन् । त्यसैगरी पथरीमा स्वास्थ्य क्षेत्रमा कार्यरत युवा ईश्वर साप्कोटाले पथरी अस्पतालमा हुनसक्ने उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएका छन् ।
खम्बूको उपचारको लागि परिवारको नाममा सामुहिक बैंक खाता खोलेर रकम संकलनको लागि पहल भइरहेको छ ।
दाताहरुले संकलन गरेको रकम उपयुक्त फेसबुक पेज र बिभिन्न सञ्चार माध्यमहरु मार्फत पारदर्शी गर्ने कुरा भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes